पछिल्लो समय देश संघियतामा गएयता नेपाली राजनीतिमा युवा आकर्षण बढ्दै गईरहेको छ। नयाँ जोस र सोचका साथ जनतामाझ जाने र सामाजिक सञ्जालको उपयोग गरि पपुलर बन्ने प्रथानै चलिरहेको छ।
वि सं २०७२ सालमा संविधान जारी भैसकेपछी देशको राजनीति मा क्रमश युवाको भूमिका र सक्रियता अझै बढ्दै गइरहेको छ। देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्थापित भैसकेपछि स्थानीय तह , प्रदेश र संघमै पनि युवाहरूको सहभागीता ह्वात्तै बढेको हो।
वि सं २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिमित ठाउँमा मात्रै देखिएको युवा चासो त्यसको ५ वर्ष नपुग्दै दोब्बर भएको छ। बितेको पाँच बर्षको अवधिमा स्थानीय सरकारको महत्त्व प्रत्येक जनताको घरदैलो हुँदै नुनदेखि सुनसम्म जोडिएको प्रभाव र चरम उत्कर्षमा पुगेको बेतिथि र भ्रष्टाचारलाई नियन्त्रण गर्ने अठोटका कारण स्थानीय सरकारको नेतृत्व लिने युवा होडबाजी चुलिएको छ।
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवारी दिएको युवा नेतृ रञ्जु दर्शनाले लोकप्रिय मत प्राप्त गरेसंगै विभिन्न महानगर, नगर, वडाहरूमा उमेदवारी दिने लहर नै चलेको छ। शिक्षा र चेतनाको प्रभावले पनि पछिल्लो समय युवाहरू राजनीतिमा सक्रय रूपले लागिरहेका छन्।
विभिन्न राजनीतिक दलका आ आफ्ना आन्तरिक निर्वाचनबाट नेतृत्व हत्याउनेदेखि राज्यसत्ताको भोग गर्न लालयित युवा पंक्ति राजनीतिमा सक्रिय रूपले लागिरहेको छ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै गायकदेखि नायक तथा विद्यार्थीदेखि सामाजिक अभियन्ताले समेत राजनीतिक आडमा अथवा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । र्यापर बालेन शाह, सामाजिक अभियान्ता सचिन पाण्डे , लेखक गनेस पौडेलजस्ता थुप्रै सामाजिक व्यक्तित्व पछिल्लो समय उमेदवारी घोषणा गरेकै आधारमा चर्चामा रहेका छन्। लेखक पौडेललेत “अटेरी समूह” नामक एउटा स्वतन्त्र समूह नै खडा गरेर उक्त समुहमार्फत विभिन्न स्थानमा युवाहरुलाई स्वतन्त्र रुपमा उम्मेद्बारी दिने तयारी गरेका छन् ।
यसैबिच वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय चुनावका लागि पर्वतको जलजला गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष पदका लागि समाजसेवी तथा युवा नेता विज्ञानराज शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू जनताको सेवा गर्न ईच्छुक रहेको कुरा उनी बताउँछन् ।
बेनी अस्पताल सञ्चालक समितिको सदस्य समेत रहेका शर्मा बेलाबेला चर्चामा आईरहने पात्र पनि हुन्। भर्खरै मात्रै बेनी अस्पतालमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवारको पक्षमा आफूलाई उभ्याउँदै अस्पतालका मेसु विरूद्द आक्रोशित भएका शर्मा आफूविरूद्द जिल्ला प्रहरी कार्यलयमा उजुरी परेपछि अस्पतालमा जनताको उपचार नरोकियोस भन्दै सार्वजनिक रूपमा माफी मागेका थिए। विगत लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका उनी पर्वत तथा म्याग्देली जनताको शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संवेदनशील बिषयमा आवश्यक सहयोग गर्दै आइरहेका शर्मा नेकपा एकीकृत समाजजादीका युवा नेता पनि हुन्।
पर्वत र म्याग्दीमा बर्सेनि जाने पहिरो तथा कोभिड १९ जस्ता विषम परिस्थितिमा सदैव जनताको घर दैलोमा पुगि पहिलो घेरामा काम गरेका शर्माले उमेदवारीसंगै आफूले चुनाव जित्ने विश्वास पनि व्यक्त गरेका छन्। जातिय भेदभावका विरूद्द आफ्नै घरबाट छुवाछूत अन्त्य गर्दै सामाजिक सद्भाव सहितको समुन्नत समाज निर्माण गर्न शर्मा विगत लामो समयदेखि खटिरहेका छन्। दुई जिल्लाको समाजसेवीको रूपमा परिचित शर्मालाई वैरागी कान्छा भनेर पनि चिन्ने गरेका छन् ।
२१ वर्षे कलिलो उमेरमै जनताको सेवाका लागि विभिन्न योजना र खाका सहित मैदानमा होमिएका उनको चुनावी नाराभित्र आउँदो पाँच वर्षमा वडाभित्रका सबै बाटोघाटो स्तरोन्नति गर्ने, प्रत्येक घरमा खानेपानी, बिजुली बत्ति , स्वास्थ्य सुविधा, बालमैत्री विद्यालय जस्ता विषय अटाएका छन्। म्याग्देली जनतालाई रगतदेखी नगदसम्म सहयोग गर्दै आएका वैरागी कान्छाले आउँदो स्थानीय चुनावलाई लक्षित गर्दै जनताको घरदैलोमा अभियान सुरू गरिसकेका छन्। म्याग्दी मराङको पहिरो होस वा पर्वतको सहस्रधारा यी दुवै जिल्लाका विपदले वैरागी कान्छालाई नचिनेको सायदै होला ।
करिब २१ पटक सम्म रगतदान गरि म्याग्दी जिल्लामा रक्तदान कार्यक्रमको अभियान चलाएका विज्ञान शर्मा उमेरले कलिलै भएपनि जनताको वास्तविक पीडा मर्का र अपेक्षालाई बुजेको हुनाले जनताको सहयोग पाउने विश्वास राखेका छन्।