नेकपा एकीकृत समाजवादी पर्वतको घरदैलो अभियान शुरु भएको छ । चुनाव नजिकिए सँगै एकीकृत समाजवादी पर्वतले जनताको घर आँगनमा पुगि स्थानीयहरुका गुनासा र समस्याहरु बुझ्दै प्रचारप्रसार अभियानलाई तिब्रता बनाएको हो ।
फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतको साविक ५ नम्बर वडाका स्थानीयहरुसँग भेटघाट गर्दै “कलम” चिन्हमा आफ्नो अमूल्य मत दिएर यसपटक एकीकृत समाजवादीलाई मत दिन वाड कमिटीले आग्रह गरेको हो । समाजवादी गण्डकी प्रदेश सदस्य तथा फलेवास नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले मुलुकको समृद्धि र विकासको अभिभारा एकीकृत समाजवादीको काँधमा आएकाले यसपटक एकीकृत समाजवादीको चुनाव चिन्ह “कलम”मा भोट गरेर जिताउन आग्रह गरे । लम्सालले भने “संविधानको रक्षा र समृद्धिका लागि समाजवादीको विकल्प छैन ।” साथै गठबन्धनलाई थप बलियो बनाउने कुरामा आफू र आफ्नो पार्टी इमान्दार रहेकोमा लम्सालले जोड दिए ।
स्वास्थ, शिक्षा, ग्रामीण क्षेत्रमा बाटोघाटो निर्माण, पक्की पुल, स्कुल लगायतका दीर्घकालीन संरचनाहरु अझै अधुरो रहेको र त्यसलाई पूरा गर्न एकीकृत समाजवादीको जन्म भएको समाजवादी पर्वत क्षेत्र न “ख”का सचिव लोकनाथ भुसालले बताए । घरदैलो कार्यक्रममा जिल्ला सदस्य काशिनाथ गौडेल, बालमुकुन्द घिमिरे, किसान संघका जिल्ला अध्यक्ष दिपक भुसाल, युवा संघ नगर कमिटी अध्यक्ष सुमन गौडेल, वाड कमिटी सदस्य शंकर गौडेल, काशिराम गौडेल लगायतको उपस्थिति रहेको थियो ।