एकीकृत समाजवादी फलेवासले चुनाव परिचालन समिति गठन गरेको छ । आज बसेको नगर कमिटीको तेस्रो बैठकले फलेवास नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालको संयोजकत्वमा ७०१ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको हो ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले गठबन्धनको केन्द्रको निर्देशन अनुसार नै आफूहरु अगाडि बढ्ने बताउँनुभयो । पौडेलले भन्नुभयो: “गठबन्धनको मर्म र औचित्य अनुसार नै आफूहरु अगाडि बढ्ने भएको हुँदा गठबन्धनलाई एकीकृत समाजवादीबाट धोका हुने कुरा सोच्न पनि सकिँदैन ।” बाहिर जे जस्तो कुरा चलेपनि आफू फलेवास नगरपालिकाको मेयरको दौडमा नरहेको समेत प्रष्ट पार्नुभयो ।
केन्द्रिय निर्वाचन आयोगका सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले छिटै गठबधनको बैठक बसेर पालिका र वाडहरुको बाडफाँड गरिने बताउनुभयो । प्रदेश सदस्य चिरञ्जीवि शर्माले फलेवास नगरमा एकीकृत समाजवादीको प्रभाव दिनानूदिन बढिरहेको बताउँनुभयो । फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले अहिले जुनसुकै अवस्थामा पनि गठबन्धनले जित्नुपर्ने भन्दै त्यहीअनुसार अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा नगरभित्र आजसम्म गरिएका कामहरु समीक्षा समेत गरिएको थियो ।