नेकपा एकीकृत समाजवादी फलेवास नगरपालिका-४, मुडिकुवाले आफ्ना उमेदवारहरु सिफारिस गरेको छ । आज बसेको वाड कमिटीको बैठकले आफ्नो पार्टीको तर्फबाट वाड अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्यहरुमा पार्टीको तर्फबाट नाम सिफारिस गरेको हो ।
एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्षमा ज्ञानीबहादुर पौडेल, लोकनाथ भुसाल “घायलश्री” र डिल्लीप्रसाद पौडेल गरि तीन जनाको नाम सिफारिस गरिएको छ । दलित महिला सदस्यमा कुमारी नेपालीको नाम सिफारिस गरिएको छ भने महिला सदस्यमा कमला कुँवर र गीता गौडेलको नाम सिफारिस गरिएको छ । त्यसैगरी सदस्यहरुमा टिकाराम नेपाली, डिल्ली सापकोटा, दिपक भुसाल र काशिराम गौडेलको नाम सिफारिस भएको एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सदस्य तथा फलेवास नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले बताउँनुभयो । लम्सालले भने “”युवा, दलित र महिलाहरुको प्रतिनिधित्व गराएर वाडबाट अध्यक्षदेखि सदस्यहरुको नाम सिफारिस गरेकाछौं, गठबन्धनले वाडमा पार्टीले प्राप्त गर्ने पदहरुको सुनिश्चितता पश्चात् बाँकी निर्णय जिल्लाले निर्णय गर्नेछ ।”
सत्तामा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी गठबन्धन गरेर तिनैतहको चुनावसम्म जाने रणनीतिमा छन् भने नेकपा एमाले पनि राप्रपा नेपाल, सिके राउतको राष्ट्रिय जनमत पार्टी र लोसपासँग गठबन्धन गरेर चुनावमा जाने रणनीतिमा छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेपछि राजनैतिक दलहरु चुनावी रणनीतिमा छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।