१६ चैत २०७९, बिहिवार

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको ५ बुँदे सहमति


एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो ।


दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हाे। सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए।
सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन्। त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *