किशोर मनस्वी
सामाजिक क्षेत्रमा काम गर्दै आईरहेकाे तिलाहार जनजागरण अभियान नेपालले नव वर्षको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा संस्थाले आफ्नाे सातौं साधरण सभा समेत सम्पन्न गरेको हो ।
माेदी गाउँपालिका- ६ पर्वतमा गरिएको उक्त कार्यक्रममा नव वर्षको शुभकामना आदानप्रदान, वृद्धवृद्धाहरुलाई सम्मान तथा गरिव तथा जेहन्दार विधार्थीहरुका लागि छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका समानुपातिक सांसद माननीय ललितकला गुरुङले सामाज परिवर्तनका सामाजिक संस्थाहरु सक्रिय हुन आवस्यक रहेको बताउनुभयो । गुरुङ्ले भन्नुभयो- “संस्थाहरुकाे भूमिका समाज रुपान्तरणका पक्षमा अग्रणी रहेको कुरा कसैले नकार्न सक्दैन । समाज रुपान्तरणका लागि सामाजिक संस्थाहरुको भूमिका उच्च रहेको छ ।”
नवजागृत माध्यमिक विद्यालय तिलाहारकाे प्राङ्गणमा संचालित कार्यक्रममा महिला अधिकारकर्मी तथा गण्डकी प्रदेश सदस्य मिना केसी, समाजसेवी दिपेन्द्रजङ्ग लामिछाने, लक्ष्मण श्रेष्ठ, प्रलेस पर्वतका अध्यक्ष किशोर मनस्वी, पत्रकार ठाकुर रसाइली लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।
संस्थाका अध्यक्ष विकास लामिछानेको अध्यक्षता, संस्थाका उपाध्यक्ष भरत लामिछानेको स्वागत र कार्यक्रमको संचालन सचिव राजन लामिछानेले गर्नुभएको थियोे ।