५ चैत २०७९, आइतवार

पर्वतमा सत्तारुढ ५ दलिय गठबन्धनबाट साझा उमेदवार बनाउने!



निर्मल पौडेल

सत्तारुढ पॉच दलको केन्द्रिय तथा प्रदेशको नितिअनुसार पर्वतमा पाँच दलिय गठबन्धनले साझा उम्मेदावार बनाउने निर्णय गरिएको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारमा बसेको पाँच दलका प्रमुख प्रतिनिधीहरुको बैठकले आगामी स्थानिय निर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय गरेको आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराईएको हो ।
पाँच दलमा नेपाली काग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजबादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
नेपाली कांग्रेस पर्वतका सभापती युवराज जोशिको अध्यक्षतामा बसेको बैठकले स्थानिय निर्वाचनमा क्षेत्र, पालिका र वडा तहमा साझा उम्मेदवार बनाउने र साझा संयन्त्रको निर्माणगर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता केशव कुवर सिर्जनशीलले बताए।
सोमबार बिहानको कार्यक्रममा नेपाली काग्रेसका सभापती युवराज जोशी, माओवादी केन्द्रका प्रभावशाली नेता केशव कुवँर सिर्जनशील , नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एव जिल्ला अध्यक्ष मोती पौडेल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ढाकाराम गौतम, राष्ट्रिय जनमोर्चाका बुद्धिराज गौडेलले केपी ओलीले देखाएको प्रतिगमन विरुद्ध गठबन्धनलाई शसक्त बनाउदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *