१६ चैत २०७९, बिहिवार

फलामखानीको अध्यक्षमा सुनार !

पर्वतको महाशिला गाउँपालिका-६ फलामखानीमा मन बहादुर सुनारको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ३३ सदस्यीय वडा कमिटी गठन गरिएको छ । सोमबार वडा भेलाको आयोजना गरि वडा कमिटी घोषणा गरिएको हो ।
कमिटीको उपाध्यक्षमा शान्ति सुनार, सचिवमा उमादेवी सुनार उपसचिवमा धन बहादुर सुनार र हिमा सुनार चयन हुनुभएको समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो । कमिटी घोषणा कार्यक्रममा बोल्दै नेकपा एस पर्वतका उपसचिव विराज हमालले संविधान र लोकतन्त्रको रक्षा गर्दै जनहितमा काम गर्ने उद्देश्यले एकीकृत समाजवादी स्थापना भएको बताउनुभयो । हरेक गलत प्रवृत्तिको विरोध गर्दै युवा र बुद्धिजीवि वर्ग पार्टीमा होमिएको उहाँले बताउनुभयो। अन्याय,अत्याचार, नातावाद, कृपावादको विरोध गर्दै पार्टीले गाउँठाउँका समस्या बुझेर जनमुखी काम गर्ने हमालले बताउनुभयो । नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले फलामखानी लगायत जिल्लाकै विकास,समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनता नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गर्नुभयो । देशभर नै नयाँ जोस, जागर,उत्साह, हिम्मत र अठोटका साथ जनता एकीकृत समाजवादीमा हुमिएको बताउदै फलामखानीमा पनि उत्साहजनक रुपमा सबै पार्टीमा होमिएको बताउँनुभयो । कसैको दबाबमा नपरी पार्टीमा अडिग रहेर जनताको मन जित्ने खालको रचनात्मक कार्य गर्न नवगठित कमिटीका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
फलामखानीको विकास र समृद्धिका लागि निश्चित योजनाका साथ शिक्षा,स्वास्थ्य,सडक,खानेपानी, रोजगार, कृषि र पर्यटनका क्षेत्रमा पार्टीले काम गर्ने विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । अनेरास्ववियू पर्वतका अध्यक्ष तथा एस जिल्ला कमिटी सदस्य सन्तोष सुनामले नवगठित वडा कमिटी पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै दृढताका साथ पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *