१५ चैत २०७९, बुधवार

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु !

बागलुङको निसीखोलामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *