१५ चैत २०७९, बुधवार

बागलुङमा पाँच दलले गठबन्धन गर्ने !

जिल्लामा क्रियाशील पाँच राजनीतिक दलले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले गठबन्धन गरेर जाने सहमति गरेका हुन् ।
केन्द्रको निर्देशन अनुसार गठबन्धन गरेर जाने सहमति गरेको नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीत शेरचनले बताए । जिल्लाका १० वटै पालिका र सबै वडाहरुमा चुनावी गठबन्धन गर्ने सम्झौता भएको नेकपा माओवादी केन्द्रकी बागलुङ ईन्चार्ज बलावति शर्माले बताईन् । राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुङ्गानाले गठबन्धन विवादरहित ढङ्गले टुङ्गाउने गरि तयारी भईरहेको बताए । नेकपा (एकीकृत) समाजवादी पार्टीका केन्द्रिय सदस्य रामजी शर्माले बिगतमा गठबन्धनका प्रयासहरु सफल भएको बताउँदै पाँच दल एक ठाउँमा उभिएर चुनाव लड्ने कुरा महत्वपूर्ण भएको बताए । बैठकले वडा तहसम्मको अवस्था बारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट एक–एक जना सदस्य रहने गरि पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेपाली काँग्रेसका पार्टी सचिव हरिहर शर्मा, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोख्रेल, नेकपा (एकीकृत समाजवादी) पार्टीका गोविन्द गौतम, जनता समाजवादी पार्टीका कृष्ण प्रसाद शर्मा रहेका छन् ।
कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी २२ गतेभित्र केन्द्रमा प्रतिवेदन बुझाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *