स्थानीय निर्वाचनमा जिल्लामा बामपन्थी एकतालाई प्राथमिकतामा राख्दै नेकपा एमाले बागलुङले अन्य दलसंग चुनावी एकता गर्नका लागि पार्टीका केन्द्रिय सदस्य गोविन्द नेपालीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।
वार्ता टोलीका सदस्यहरुमा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, प्रदेस सदस्य जनकराज पौडेल, देव कुमार नेपाली, डिल्लीराज गौतम, जिल्ला अध्यक्ष हिरावहादुर केसी र सचिव विष्णु भुसाल रहेका छन् ।
वैठकमा पार्टी पोलिटब्युरो सदस्य लीला वहादुर थापा मगर, मनकुमारी केसी, जिल्ला इन्चार्ज गोविन्द नेपालीले निर्वाचन केन्द्रित निर्देशन दिएका थिए । जिल्ला अध्यक्ष केसीको अध्यक्षतामा भएको वैठकको सञ्चालन सचिव भुसालले र स्वागत उपाध्यक्ष लक्ष्मण पुनले गरेका थिए ।