१२ मंसिर २०७९, सोमवार

बेनी नगरपालिकाको मेयरमा एमालेका चार आकांक्षी !

आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट चार जना आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।
मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको मेयरका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।
त्यस्तै उपमेयरका लागि पनि चारै जना आकाँक्षी देखिएका छन । पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम उममेयरका लागि सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
बैठकमा छलफल गर्दा मेयर र उपमेयरको आकाँक्षी बढि भई छनौटमा टुङगो नलागेपछि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो । जिल्ला कमिटीको बैठक आगामी बैशाख २ गते बस्दै छ ।
बैठकमा पेश गर्नु अगाडि पनि नगर कमिटी भित्र छलफल गरेर उम्मेदवारको आकाँक्षी घटाउन नगर कमिटीलाई निर्देशन दिईएको नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले बताउनुभयो ।
जिल्ला कमिटीमा नाम पेश भईसकेपछि आकाँक्षीहरुलाई सामुहिक रुपमा राखेर बृहत छलफल गरि उम्मेदवार टुङगो लगाउने भरपुर प्रयास गरिने अध्यक्ष कटुवालले बताउनुभयो । यदि जिल्ला कमिटीले पनि चयन गर्ने नसकेपछि सवै आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा पठाउने कटुवालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *