१६ चैत २०७९, बिहिवार

भानुभक्त बाङमय प्रतिष्ठानमा पुनः सरुभक्त


पदमराज घिमिरे
भानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हनिफ मिया,सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज ढकाल निर्बिरोध चयन भएका छन् ।
समितिले हरिदेवी कोईराला,डा. तुल्सी प्रवास खनाल, डा.बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदिप पौडेल, मिठु गुरुङ, शिवबहादुर थापा र बलराम पोखरेललाई कार्यसमितिको सदस्यमा निर्बिरोध चयन गरेको छ ।
यसअघि साधारण सभामाको अध्यक्षताको शुभकामना मन्त्यव्य दिदै सरुभक्त श्रेष्ठले २०७१ सालमा संस्था गठन भए लगत्तै यसले महत्वपुर्ण कामहरु सम्पन्न गरेको बताए । उनले पोखरा ११ स्थित फुलबारीमा पुर्णकदको शालिक निर्माण गर्ने काम गरेको बताउदै यसकाममा सहयोग पु–याउने सबैलाई धन्यबाद दिएका थिए ।
कार्यक्रम सरुभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष पदमराज ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष हनिफ मियाले स्वागत गरेका थिए भने सचिव अम्बिका प्रसाद भटराईले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *