१७ चैत २०७९, शुक्रवार

भुसालको तेह्रौं दिनको पूण्य तिथिमा शोकसभा सम्पन्न !


एकीकृत समाजवादी फलेवास नगर कमिटी सदस्य तथा फलेवास नगरपालिका-६ देविस्थानका टोल कमिटी अध्यक्ष स्व. पदमपाणि भुसालको तेह्रौं दिनको पूण्य तिथिमा शोकसभा सम्पन्न भएको छ । भुसालको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै एकीकृत समाजवादी फलेवास नगर कमिटीको आयोजनामा पुराना वामपन्थी नेता तथा शिक्षक भुसालको निधनप्रति समवेदना व्यक्त गर्दै शोकसभा सम्पन्न भएको हो ।
शोकसभामा बोल्दै एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती पौडेलले भुसालको निधनले परिवार मात्र होइन समाज र पार्टीलाई पनि अतुलनीय क्षति पुगेको बताउँनुभयो । उहाँले भन्नुभयो “जस्तै दु:खद् र अफ्ट्यारो अवस्थामा पनि विचलित नभइ आफ्नो कर्ममा निरन्तर लाग्ने भुसालले दिएको योगदानको जति नै प्रशंसा गरेपनि थोरै हुनेछ । उहाँले पार्टीप्रति देखेको सपना हामी पूरा गरेरै छाड्नेछौ ।” केन्द्रिय लेखा आयोगका सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले शिक्षक भुसालबाट हामीले सिक्न पर्ने कुरा धेरै रहेको बताउँनुभयो । सुवेदीले भन्नुभयो “उहाँको निष्ठा र स्वच्छता पार्टीले अनुसरण गर्न सकेको खण्डमा पार्टीको उचाई बढ्नेमा कुनै संका छैन ।” स्वर्गीय भुसालका भाइ रामप्रसाद भुसालले हरेक सामाजिक क्रियाकलापमा सक्रिय दाज्यूलाई गुमाउँदा परिवार मात्र होइन सिंगो समाजलाई पीडा भएको बताउँनुभयो ।
शोकसभामा एकीकृत समाजवादीका प्रदेश सदस्य चिरञ्जीवि शर्मा, सचिवालय सदस्य तथा पर्वत क्षेत्र न. “ख”का अध्यक्ष रामेश्वर गौतम, सचिवालय सदस्य तथा सचिव लोकनाथ भुसाल “घायलश्री” जिल्ला सदस्य वालमुकुन्द घिमिरे, मनोज भुसाल, कमला कुवँर, काशिनाथ गौडेल, किसान महासंघका केन्द्रिय सदस्य दिपक भुसाल, जिल्ला सदस्य दानबहादुर सापकोटा, नगर कमिटी सदस्य गीता गौडेल, दलित महासंघका केन्द्रिय सदस्य वालचन्द्र नेपाली, फलेवास नगरपालिका-६ का कमिटी अध्यक्ष रामप्रसाद भुसाल, सचिव सुरज श्रेष्ठ, फलेवास नगरपालिका-५ का वाड कमिटी सचिव कृष्ण सुवेदी, युवा संघ फलेवास नगर कमिटी अध्यक्ष सुमन गौडेल, मुक्तिनाथ गौडेल, शंकर गौडेल, काशिराम गौडेल, टिकाराम नेपाली, टोल कमिटी सचिव कुलप्रसाद तिवारी लगायतको उपस्थिति रहेको थियो ।
जन्म २००८।५।१९ गते जन्मिएका भुसालको ७० वर्षको उमेरमा २०७८।१२।१२ गतेका दिन निधन भएका उनलाई पर्वत जिल्लाको बाम वुद्धिजीविको रुपमा चिन्ने गरिन्थ्यो । फलेवास नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यतामा सम्पन्न शोकसभाको संचालन नगर कमिटी सचिव विष्णु रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *