२३ जेठ २०८०, मंगलबार

भुसालचौरमा समाजवादीको टोल समिति गठन !


फलेवास नगरपालिका-६, देविस्थानको भुसालचौरमा एकीकृत समाजवादीको टोल कमिटी गठन गरिएको छ । मनकुमारी भुसाल संयोजक र रुद्रप्रसाद भुसाल सह संयोजकत्वमा १७ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।


टोल कमिटी गठनका क्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोती पौडेलले केपी ओलीले कम्युनिस्टको सिद्धान्त र मर्म अनुसार काम नगरेकाले असली कम्युनिस्टहरुलाई एकीकृत गर्न आफूहरु बाध्य भएको बताउँनुभयो । पौडेलले भन्नूभयो: “पर्वतको कम्युनिस्ट आन्दोलनमा फलेवासको देविस्थानको अग्रणी भूमिका रहेको छ ।” पौडेलले भने “गलत बाटोमा हिँडेको कम्युनिस्ट आन्दोलनलाई फेरि सही मार्गमा डोर्‍याउने जिम्मा फेरि एकपटक देविस्थानको हातमा आएको छ ।”


प्रदेश सदस्य तथा फलेवास नगर अध्यक्ष कृष्णप्रसाद लम्सालले देविस्थानको विकास र समृद्धिका लागि फेरि एकपटक देविस्थानका स्थानीयहरु उठ्न आवस्यक रहेको बताउँनुभयो । टोल कमिटी संयोजक मनकुमारी भुसालले आफू पार्टीले लिएको सिद्धान्त मन परेर नै एकीकृत समाजवादीमा आवद्ध भएको बताउनुभयो ।
प्रदेस टोल कमिटी गठनका क्रममा पार्टीका प्रदेस सदस्य चिरञ्जीवि शर्मा, पर्वत क्षेत्र न “ख”का अध्यक्ष रामेश्वर गौतम, सचिव लोकनाथ भुसाल “घायलश्री”, फलेवास नगरपालिका-६ का कमिटी अध्यक्ष रामप्रसाद भुसाल, सचिव सुरज श्रेष्ठ, फलेवास नगरपालिका-५ का वाड कमिटी सचिव कृष्ण सुवेदी, मुक्तिनाथ गौडेल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *