एमाले पार्टीमा आवद्ध भएका भूतपूर्व सैनिक र प्रहरीले विद्रोह गरेका छन् । विद्रोह पछि उनिहरु नेकपा एसमा समाहित भएका छन् ।नेकपा एसमा समाहित भएकाहरुको नेपाल भूतपूर्ब सैनिक तथा प्रहरी संगठन समाजबादी प्रदेश कमिटिको पहलमा भेला गराई बिहिबार इटहरी उपमहानगर स्तरीय कमिटि समेत गठन गरिएको छ ।
नेकपा एस नामक राजनीतिक पार्टीको शुभेच्छुक पूर्ब राष्ट्र सेवकहरु संगठित हुने क्रममा सुनसरीको इटहरी स्थित प्रदेश पार्टी कार्यालयको सभाहलमा भूपू सैनिक तथा प्रहरीहरुको ब्यापक भेला आयोजना गरिएको पार्टी कमिटि सुनसरी जिल्ला सचिवालय सदस्य कृष्ण नेपालले बताए ।
पार्टीमा प्रदेश कमिटि कार्यबाहक अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य धर्मराज निरौलाको बिशेष सक्रियतामा आयोजित सुरक्षा क्षेत्रका भुपु राष्ट्र सेवकहरुको भेला पछि जिल्ला तहको ब्यापक छलफलबाट नेपाल प्रहरीका पूर्ब सई रुकुम नेपालको नेतृत्वमा ३१ सदस्यीय उपमहानगर कमिटि बनेको हो । पार्टी काममा सक्रियता पूर्बक लागेका भुपु सैनिक तथा प्रहरी सङठन समाजबादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज पबित्रराम थापाले बताए ।
थापाका अनुसार जिल्ला अध्यक्ष केदार ओझा लगायत का सम्बन्धित सङठनका नेताहरु अतिथी रहेका थिए । उक्त कमिटिको उपाध्यक्षमा खड्गप्रसाद फुयाल,सचिबमा हरी बानियाँ,कोषाध्यक्ष धनबहादुर घले रहेका छन् । यसैगरि सदस्यहरुमा सन्तकुमार लिम्बु,टिकाप्रसाद फुयाल,तेजबहादुर कटवाल,प्रेमबहादुर कार्की,देबीप्रसाद जमरकट्टेल,भिमकुमार राई,,रामप्रसाद आचार्य,कृष्णप्रसाद शर्मा,कृष्ण नेपाल,शिबप्रसाद पोखरेल,राम बस्नेत,दिनेश दाहल,देबेन्द्रराज शर्मा,मोहनकाजी दाहाल,मेहरमान कार्की र रमण निरौला सदस्य रहनु भएको छ ।
पार्टी नेताहरु घनेन्द्र बस्नेत,केशब बिष्ट,गोबिन्द निरौला लगायत प्रदेश,जिल्ला,उपमहानगर ,नगरपालिका र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुको उत्साहजनक उपस्थितिमा उक्त कार्यक्रम भएको थियो । निर्बाचन तयारी सम्बन्धमा पार्टी निर्देशन अनुसार ओली गुटको पार्टी एमालेलाई परास्त गर्न गाउँगाँंमा परिचालित हुने तयारी संगठनले गर्ने योजना तर्फ लागि परेको संगठनका जिल्ला नेता पबित्रराम थापाले बताए ।
संगठित हुन आएका प्राय सबै सदस्यहरु यस अघि खड्गप्रसाद ओलीले आफनै कम्पनी सरह चलाएको पार्टी एमालेको बिभिन्न तहमा शुभचिन्तक र कतिपय कार्यकर्ताको रुपमा रहेका थिए । अहिले ओली प्रबृति देखि रुष्ट भएर नेकपा एसमा संगठित हुने कुरा सुन्दा औधी खुसी लागेको पूर्ब प्रहरी बद्री प्रधान र अनुप दियालीले बताएका छन् ।