भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका-७, मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त भएका छन् । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहेका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्ष विश्वकर्मालाई नियुक्ति पत्र दिएको छ ।
आयोगको विज्ञ सदस्यमा माओवादी केन्द्रका खुमनाथ सुवेदीलाई नियुक्त गरिएको छ भने बाँकि दुई सदस्य नेपाली कांग्रेसको भागमा परेको एकीकृत समाजवादका कार्यालय सचिव रुद्र किसानले बताए । अध्यक्ष विश्वकर्माले अन्य सदस्य थप भएपछि भूमिहिन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण सहितका कामका बारेमा आवस्यक परामर्श गरेर पूर्जा वितरण गरिने बताए । सत्ता गठबन्धनको राजनीतिक नियुक्तिमा प्रदेश सरकारबाट बेनी अस्पतालको अध्यक्ष माओवादी केन्द्र र भूमि आयोगमा संघीय समाजवादीलाई परेको छ ।
समाजवादीले गर्यो विज्ञप्ति मार्फत् ध्यानाकर्षण
राजनीतिक नियुक्तिमा निकै महत्व र अर्थपूणर् मानिएको भूमि आयोगमा आफ्नो पार्टीका सदस्य नपरेको भन्दै सरकार अन्तर्गत रहेको भूमिहिन सुकुम्बासी आयोग म्याग्दी जिल्लामा हाम्रो पार्टीबाट एक जना सदस्यसम्म पनि नियुक्ती नगरिएको सम्बन्धमा पार्टी जिल्ला कमिटी म्याग्दीको गम्भिर ध्यानाकर्षण रहेको बताएको छ । एकीकृत समाजवादी म्याग्दीले एक विज्ञप्ति जारी गर्दै नेतृत्वलाई ध्यानाकर्षण गराएको हो । पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माद्वारा हस्ताक्षरित सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ- “कठिन र संकटपूणर् अवस्थाबाट पार्टी चलाईरहदाँ, पार्टी संचालनमा मद्दत पुग्ने यस्ता खालका नियुक्तिहरुको व्यवस्था हुदाँहुँदै छिमेकी जिल्लाहरुमा नियुक्ती आउँदा हाम्रो जिल्लालाई नजर अन्दाज गर्नुले हामीले अत्यन्तै अपमानित भएको महसुश गरेका छौं । विधि पद्धति अनुसार समान र सम्मानित सहभागिता नगराउने, विभेदपूणर् अवसरहरु वितरण गर्नाले भविष्य अन्यौल हुन सक्दछ । जिल्लामा संगठन, कार्यालय नभएका पार्टीले अध्यक्ष पाउनु र हाम्रो गौरव गर्न लायक पार्टीले सदस्य समेत नपाउनुले जिल्लामा पार्टी गतिविधि सञ्चालन गर्न नसक्ने परिस्थिति बन्दै गएको छ । तसर्थ जिल्ला कमिटीले सिफारिस गरिएको नाममा समयमै पुर्नविचार गरियोस् । आउँन सक्ने परिस्थितिको नजरअन्दास नगरियोस् ।”