१९ जेठ २०८०, शुक्रवार

माछापुच्छ्रे बैंकको तातोपानीमा शाखारहित बैंकिङ्ग सेवा !

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका-४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियान अन्तरगत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, बैंकका गण्डकी प्रदेश प्रमूख निलमगौतम र जिवन कार्कीले सेवाको शुभारम्भ गरेका छन् ।

तातोपानी बजार, छिमेकी बरंजाका साथै कुण्डमा स्नान गर्न आउने बिरामीलाई लक्षित गरिएको ग्राहक सेवा केन्द्रका लागि  स्थानीय ब्यवसायी सन्तोष पुन मगरलाई ब्यवसायिक प्रतिनिधी नियुक्ती गरिएको बैंकका बेनी शाखा प्रबन्धक यादव आचार्यले बताए । म्याग्दीको सदरमुकाम बेनीमा १६ बर्ष अगाडी निजी क्षेत्रबाट सबैभन्दा पहिलो ‘क’ बर्गको बैंकिङ सेवा सुरु गरेको बैंकले जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तारलाई प्रभावकारी बनाउन शाखारहित बैंकिङ्ग सेवालाई प्राथमिकता दिएको जनाइएको छ । सेवा शुभारम्भका ेअवसरमा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्य लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहीत सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जाको सिफारिस गर्ने समेत व्यवस्था गरेको छ । बैंकले शाखारहित बैंकिङ्गसँगै समुदायलाई वित्तिय साक्षरता कार्यक्रम लगायत अन्य विभिन्न सामाजिक कार्यहरु समेत गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले देशभर १ सय ६४ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर लगायत १ सय ५९शाखारहीत बैकिङ्ग सेवा २ सय २ एटिएम सेवामार्फत एघार लाखभन्दा बढी ग्राहकलाई सम्पूणर् बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *