१६ चैत २०७९, बिहिवार

म्याग्दीमा गरिखाने अभियान सम्बन्धि प्रशिक्षण !

 म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचनको सहजिकरणमा बिहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा लगानी पूर्वाधार र रोजगार विशेष समिति अन्तर्गत गरि खाने अभियानका सिइयो योगराज कँडेलले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा आर्थिक रुपमा बिपन्न दलित, जनजाती तथा पिछडिएका समुदायलाई उद्यमशील बनाई आर्थिक रुपमा समृद्ध बनाउन अभियानले सहयोग गर्ने बताउनुभयो । गरिखाने कार्यक्रम स्वनिर्भर, उद्यमशील, आर्थिक हिसावले सबल र सक्षम बन्न चाहाने हरेक नेपालीहरुका लागि चलाइने राष्ट्रव्यापी अभियान भएको उहाँले बताउनुभयो ।उहाँले गण्डकी प्रदेशमा नवलपुर पाइलट प्रोजेक्टका लागि छनौट भएको बताउँदै म्याग्दीमा पनि लागु हुने जानकारी दिनुभयो । पाइलट प्रोजेक्ट अन्तर्गत आर्थिक स्रोत जुटाउने,सिप विकास र व्यवसायीक बनाउन अभियानले सहयोग गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेतृ गौचनले अभियानले आर्थिक रुपमा विपन्न दलित ,जनजाति र पिछडिएका वर्गलाई उद्यमशील बनाउन थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय तहबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *