२३ जेठ २०८०, मंगलबार

युवा संघ नेपाल गल्कोट-१ को अध्यक्षमा कार्की !


युवा संघ नेपाल गल्कोट नगरपालिका-१ को अध्यक्षमा प्रवीण कार्की चयन भएका छन् । आज बसेको वाडको भेलाले कार्कीलाई युवा संघ नेपालको गल्कोट-१ को अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी सचिवमा सुरज नेपाली लगायत १५ सदस्यीय कमिटी गठन गरिएको हो । उपस्थित भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी गल्कोट नगर कमिटीका अध्यक्ष विष्णु भण्डारीले यतिबेला रंगरमाइलो गर्ने समूह केपी ओलीको चुड्किलाहरुको पछि लागेको र सच्चा देशभक्त नागरिकहरुले एकीकृत समाजवादी रोजेको बताउनुभयो ।

भण्डारीले भन्नुभयो “चुड्किला सुनाएर क्षणिक आनन्द लिएपनि देश र समाज बनाउन भिजन चाहिने र त्यो भिजन एकीकृत समाजवादीका नेताहरुसँग छ ।” नगर कमिटी सचिव डिल बहादुर खत्रीले अबको राजनैतिक वैकल्पिक शक्ति भनेको एकीकृत समाजवादी नै भएकाले सम्पूर्ण युवाहरुलाई यो पार्टीमा गोलवद्द हुन अनुरोध गर्नुभयो ।

पार्टीको स्थापनाको छोटो समयमा नै एकीकृत समाजवादी जिल्ला, नगर हुँदै टोलटोलमा पार्टी संगठन तथा पार्टीको भातृ संगठन निर्माण गर्न निरन्तर लागिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *