म्याग्दीको रघुगंगामा पालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तरर्गत १७ जनालाई जस्तापाता सहयोग गरिएको छ ।
पालिका भित्रका ८ वटा वडाका दुई/दुई जना र वडा नं. २ मा थप एक जना गरि १७ जनालाई ८ र १२ फुटे हुलास कम्पनीको रंगिन जस्तापाता हस्तातरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षित आवास अन्तरगत सेवाग्राहीको मागको आधारमा निम्न आय भएका अर्थ सुकुम्बासीलाई जस्तापात उपलब्ध गराईएको हो । गाउँपालिकाको पहिलो गाउँ सभाबाट गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको आधारमा यस बर्ष ५ लाख बजेटबाट जस्तापाता खरिद गरिएको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा वडाको सिफारिसको आधारमा सेवाग्राहीको आवश्यकता र उसको आर्थिक बवस्था हेरेर सहयोग गरिएको अध्यक्ष भण्डारीको भनाई रहेको छ ।