राष्ट्रिय भूमि आयोग पर्वतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवन पछाडिको भवनमा मंगलबार एक कार्यक्रमकाबीच कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै आयोगका अध्यक्ष उदय सुवेदीले पदबहाली समेत गर्नुभएको छ ।
गत चैत १७ गतेको मन्त्रीपरिषदको निर्णयले सुवेदीलाई राष्ट्रिय भूमि आयोग पर्वतको अध्यक्षमा नियुक्ति गरेको थियो । नेकपा (एकीकृत समाजवादी)निर्वाचन आयोगका केन्द्रिय सदस्य समेत रहनुभएका सुवेदीले गत बिहिवार पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।
कार्यालय स्थापना कार्यक्रममा नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला समन्वय अधिकारी सुरेश ढकाल, मालपोत अधिकृत मुकुन्द अधिकारी, बन डिभिजन अधिकृत विष्णुप्रसाद अधिकारी, एकीकृत समाजवादी गण्डकी प्रदेस सदस्य कृष्णप्रसाद लम्साल, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने नापी अधिकृत निशा अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।