म्याग्दीको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा आफ्नो कार्यकर्तामाथि दुव्यवहार गरेको भन्दै माओवादी नगर कमिटी म्याग्दीले विरोध जनाएको छ । वडा अध्यक्ष बानियाँले चैत १८ गते बेनी स्थित सामुदायिक विद्यालय चोकमा आफूलाई दुव्यवहार गरेको माओवादी कार्यकर्ता बालकुमार बानियाँले बताए ।
वडा अध्यक्ष बानियाँ र बालकुमार बानियाँ नाताले दाजुभाइ हुन् । गत वर्षको स्थानीय चुनावमा भाइलाई वडा प्रतिनिधि जिताउन आफू चुनाव प्रचारप्रसारमा खटिएको बालकुमार बानियाँ बताउँछन् ।
बालकुमार बानियाँ
पीडित बालकुमार बानियाँले भने,‘आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै वडाअध्यक्ष विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएको छु । बिना गल्ती मलाई दुव्यवहार गरियो, मानसिक तनाव दिइयो । मेरो कुनै गल्ती छैन ।’ उनले दाजुभाईको जग्गा एकै ठाउँमा भएको उल्लेख गर्दै आफ्नो जग्गा पनि भाइ कृष्ण बानियाँले मिचेको आरोप लगाए ।
जनप्रतिनिधिले आफ्नो कार्यकर्तामाथि अभद्र व्यवहार गरि सार्वजनिक स्थलमा अमानविय व्यवहार गरेको भन्दै माओवादी बेनी नगर कमिटी माओवादी केन्द्रले विरोध जनाएको छ ।
माओवादी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीद्धारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने कार्यको भर्सना गर्दै यस्ता क्रियाकलापमको अन्त्य नगरेमा सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिईएको छ ।
वडाअध्यक्ष बानियाँ