५ चैत २०७९, आइतवार

वि सं २०७९ सालकाे सङ्क्रान्ति फल थाहा पाउन यहाँ हेर्नुहोस् ।

नयाँ सालको सुरुवातसँगै तपईं हाम्रो २०७९ को सालको संक्रान्ति कहाँ परेको छ भन्ने सबैको मनमा हुनेगर्छ । त्यसै कारण तपाईंको जिज्ञासा समाधान गर्न भनौ संक्रान्तिको फल थाहा पाउनका लागि तपाईंहरुले आफ्नोे न्वारनको नाम खोज्नुहोस् र तपाईंको संक्रान्ति फल थाहा पाउनुहोस् ।

“कु घ ङ छ के काे हा हि हु हे हाे डा डि डु डे डाे मा मि मु मे माे टा टि टु टे टाे पा पी” बाट नाम भएकाहरुको सक्रान्ति शिरमा पर्‍यो । शिरमा परेकाहरुका लागि भूलाभ हुनेछ ।

“अ इ उ ए अाे वा वि वु वे वाे का कि” बाट नाम भएकाहरुको सक्रान्ति मुखमा पर्‍यो, सक्रान्ति मुखमा परेकाहरुका लागि बोलिको प्रभाव बढ्ने वा प्रदर्शन गर्न पाइने ।

“से साे दा दि दु थ झ ञ दे दाे चा ची चु चे चाे ला लि लु ले लाे” बाट नाम भएकाहरुको सक्रान्ति हृदयमा पर्‍यो, हृदयमा परेकाहरुका लागि धन आगमन हुने ।

“खि खु खे खाे ग गी गु गे गाे सा सि सु” बाट नाम भएकाहरुको सक्रान्ति दाहिने हातमा पर्‍यो । दाहिने हातमा परेकाहरुका लागि स्त्रीलाभ, अर्थात् महिलाहरुबाट सहयाेग प्राप्त हुने ।

“ये याे भा भी भू धा फा ढा भे भाे जा जी” बाट नाम भएकाहरुको सक्रान्ति देब्रे हातमा पर्‍यो । देब्रे हातमा परेका हरुका लागि दुःख कष्ट, अवजस अाइलाग्ने ।

“ती तु ते ताे ना नि नु ने नाे या यी यू” बाट नाम भएकाहरुको सक्रान्ति दाहिने खुट्टामा पर्‍यो । दाहिने खुट्टामा परेकाहरुका लागि भ्रमण गर्न पाइने ।

“पु ष ण ठ पे पाे रा रि रु रे राे ता” बाट नाम भएकाहरुको सक्रान्ति देब्रे खुट्टामा पर्‍यो । देब्रे खुट्टामा परेकाहरुका लागि कष्ट तथा झमेला अाइलाग्ने ।

माथि उल्लेखित नाम नक्षत्र र राशि हुने व्यक्तिहरुको २०७९ सालको सक्रांन्ति वामपादे अर्थात् देब्रे खुट्टा र वाम करे अर्थात् देव्रे हातमा परेकाे छ भने उनीहरुकाे फल अशुभ रहन्छ ।

विशेषत: सक्रान्ति वामकरे: अर्थात् देब्रे हातमा परेका र वामपादे अर्थात् देब्रे खुट्टामा परेका व्यक्तिहरुले गंगास्नान, देव पूजन र दर्शन, रुद्राभिषेक, दुर्गासप्तशती, महामृत्युञ्जय जप आदि पाठ जप गर्ने वा गराउने र घिउ,मह, चिनी, डुम्रीले हवन गरेर र ब्राह्मण र कन्या हरुलाई भाेजन गराउने र दक्षिणा दान गरे शान्ति मिल्नेछ ।
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी । सम्पर्क :- ९८४७१३८७०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *