१६ असार २०७९, बिहिवार

व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा शर्मा 

नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । 

आइतवार बेनीमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । 

कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु बानियाँ चयन हुनुभएको छ । 

त्यस्तै सहकोषाध्यक्षमा तिलक पुन, उपसचिवमा श्रीमाया बिश्वकर्मा, याम बहादुर बानियाँ र होम बहादुर थापा चयन हुनुभएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले समृद्ध नेपाल र शुखि नेपालीको सपनालाई साकार पार्नका लागि सम्पूणर् व्यवसायीहरुको व्यवसायिक हकहित स्थापित गर्न यस महासंघको महत्वपूणर् भूमिका रहेको बताउनुभयो । 

थापाले अहिले जनताले थेग्नै नसक्ने गरि महंगी बढेको र अर्थ व्यवस्थापनमा सरकार निरिह बनेको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले महासंघले पार्टीको भातृ संगठनको रुपमा गति लिएकाले यसलाई सशक्त बनाएर अगाडि बढाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । 

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि महासंघले सक्रिय भूमिका निभाउन पनि श्रेष्ठले आग्रह गर्नुभयो । 

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज कुविर कुमार श्रेष्ठ, केन्द्रिय सदस्य दिलकुमार श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य खुम बहादुर बानियाँ, जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव राजकुमार थापा, जिल्ला कमिटी सदस्य एवम उद्योग व्यवसाय महासंघ फाँट प्रमुख बेल बहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो । 

अधिवेशन आयोजक कमिटीका अध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष दिनेश केसीको स्वागत र सचिव राजु बानियाँको संचालनमा अधिवेशन सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.