२३ जेठ २०८०, मंगलबार

समाजवादी निकट अनेरास्ववियूले गर्‍यो शुभकामना आदानप्रदान !

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटी र जिल्ला कमिटीको आयोजनामा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा गोजि पात्रो बितरण कार्यक्रम सम्पन भएको छ ।
अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष क•बज्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू उपमहासचिव तथा नेकपा एस कास्की सचिवालय सदस्य राजन शर्मा पराजुली हुनुहुन्थ्यो । हामी विद्यार्थीको हक हितको रक्षा गर्दै समाजवादी शिक्षा नितिलाई कार्यनयन गर्नु पर्ने भनाई राख्नुभयो ।कार्यक्रममा बोल्दै कार्यक्रमका अथिती अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले नजिकिदै गरेको स्थानीय सरकारको निर्वाचनमा विद्यार्थीको पृय चिन्न कलममा मतदान गरेर नेपालको संविधान र त्यसले दिएका सबै उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको बाटोमा देशलाई लान आवश्यक रहेको बताए । कार्यक्रममा युवा संघ नेपाल स्याङ्जाका अध्यक्ष सन्तोष सापकोटा, अनेरास्ववियू सचिवालय सदस्य सुर्यदेव लामिछाने, रसिका भण्डारी, अनेरास्ववियू गण्डकी उपाध्यक्ष सचिन लुइँटेल, अनेरास्ववियू महानगर संयोजक संगम आचार्य, जिल्ला अखिल फोर्स संयोजक प्रवेश ठकुरी लगाएत उपस्थिति थियो । कार्यक्रमको संचालन रसिक न्यौपानेले गरेका थिए भने स्वागत मन्तव्य सन्तोष पौडेलले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *