नेकपा एकीकृत समाजवादी मुडिकुवाले आफ्नो उम्मेद्वारी दर्ता गरेको छ । एकीकृत समाजवादी फलेवास नगरपालिका-४, मुडिकुवाले पाँचै सदस्यमा आफ्नो उम्मेद्वारी दिएको हो ।
समाजवादीको तर्फबाट मुडिकुवाको वाड अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री”, दलित महिला सदस्यमा कुमारी नेपाली, महिला सदस्यमा कमला कुवँर, खुला सदस्यहरुमा टिकाराम नेपाली र काशिराम गौडेलले उम्मेद्वारी दिएका हुन् ।
मुडिकुवामा पाँचै सदस्यहरुमा पार्टीको तर्फबाट उम्मेद्वारी दिइएको फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले बताउँनुभयो ।
मुडिकुवामा समाजवादी, एमालेले आफ्नाआफ्ना प्यानल बनाएर उम्मेद्वारी दिएका छन् भने नेपाली कांग्रेस र माओवादीले साझा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गरेका छन् भने नेपाली कांग्रेसका असन्तुष्ट ब्यक्तिहरु जानकी गौडेल, लक्ष्मी गौडेल, राधा गौडेल, दुर्गा तिवारी, विष्णु गौडेल लगायतले स्वतन्त्रमा उम्मेद्वारी दिएका छन् ।
महिला सदस्य: कमला कुवँर
टिकाराम नेपाली
कुमारी नेपाली
काशिराम गौडेल
लोकनाथ भुसाल “घायलश्री