१६ असार २०७९, बिहिवार

बेनी नगरको मेयरमा कृष्णकुमार !


नेकपा एकीकृत समाजवादी बेनी नगर कमिटी म्याग्दीको बैठक सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आफ्नो रणनीति तयार गर्न एकीकृत समाजवादी बेनी नगर कमिटीको बैठक पार्टी कार्यालय न्यूरोड बेनीमा सम्पन्न भएको हो ।
पार्टी कार्यालयमा बसेको आजको बैठकले पार्टीको तर्फबाट बेनी नगरपालिकाको मेयर पदका लागि पार्टी अध्यक्ष तथा युवा नेता कृष्णकुमार विश्वकर्मालाई चयन गरिएको सचिवालय सदस्य वसन्त बानियाँले बताउँनुभयो । बानियाँका अनुसार बेनी नगरपालिका-२ को वाड अध्यक्षका लागि कुलबहादुर थापा, बेनी नगरपालिका-५ को वाड अध्यक्षका लागि चनबहादुर पाइजा, बेनी नगर-६ को लागि महेन्द्र बानियाँ र १० का लागि मुक्ति पाइजा चयन भएका छन् । अन्य वडा र पालिकाहरुमा पनि उम्मेदवार चयन हुने क्रम जारी रहेको छ ।
गठबन्धन र तालमेलक लागि सबै विकल्पहरु खुल्ला राख्दै समाजवादी म्याग्दी उम्मेदवार छनोटमा जुटेका हो । साथै आज बसेको बैठकले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले खेलेको भूमिकालाई धन्यवाद समेत दिएको छ ।
युवाहरुलाई रोजगारी, गुणस्तरीय स्वास्थ्य र वैज्ञानिक शिक्षा, शुसासन र पारदर्शिताका मुद्दाहरु उठाएर नेकपा एकीकृत समाजवादी चुनावी मैदानमा ओर्लिएको छ । ३० गते हुने स्थानीय तहको चुनावमा युवाहरुको आकर्षण बढिरहेको छ भने स्वतन्त्रमा उम्मेदवारी दिनेहरुमा पनि युवाहरु नै अगाडि रहेका छन् ।

Leave a Reply

Your email address will not be published.