१६ चैत २०७९, बिहिवार

स्थानीय चुनावमा एमाले र राप्रपाको गठबन्धन हुने !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ।
नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो।
महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन्।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘एमाले र राप्रपाबीच संवाद गर्दै जाने भन्ने छ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *