९ चैत २०७९, बिहिवार

मिलन म्याग्दीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान !

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन-२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई मिलन म्याग्दीले हिँजो (बिहीबार) सम्मान गरेको छ । म्याग्दीको बेनी नगरपालिका र अन्नपूणर् गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापनका साथै सम्मान गरिएको हो । 

बेनी नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित ज्योती लामिछाने, अन्नपूणर् गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित दिवाकुमारी तिलिजा पुन र बेनपा-७, बेनीको वडा अध्यक्षमा निर्वाचित रमेशकुमार श्रेष्ठलाई सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ । संस्थाको पूर्व अध्यक्ष एवं कार्यकारी निर्देशक दिवा पुन, संस्थामार्फत सञ्चालित सुआहारा पहिलो चरणको कार्यक्रमका फिल्ड सुपरभाइजर ज्योती लामिछाने र पूर्व स्रोतव्यक्ति रमेशकुमार श्रेष्ठलाई अबिरको टिका र खादा लगाई सम्मानपत्रले सम्मान गरिएको थियो । 

नवनिर्वाचित जनप्रतिनिधिलाई मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापा र निवर्तमान अध्यक्ष शिव बानियाँले सम्मान गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा मिलन संस्थाको नवनियुक्त कार्यकारी निर्देशक दिलमाया बिटालुलाई मायाको चिनो प्रदान गरी कार्यालयमा स्वागत समेत गरिएको थियो । सम्मान ग्रहणपछि संस्थाका पूर्व अध्यक्ष एवं कार्यकारी निर्देशक दिवा पुनले विगतका अनुभव सुनाउँदै आफू शैक्षिक, सामाजिक क्षेत्र हुँदै राजनीतिको क्षेत्रमा प्रवेश गरेको बताउनुभयो । 

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आफू यो क्षेत्रमा आउन सुआहारा कार्यक्रमले पनि योगदान पुर्‍याएको भन्दै आगामी दिनमा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । बेनपा-७, बेनीका वडाध्यक्ष रमेश श्रेष्ठले गैरसरकारी संस्थाको समन्वयमा नेतृत्व र क्षमता विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

मिलन म्याग्दीका अध्यक्ष कमला थापाको अध्यक्षता र सचिव तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शिव बानियाँले स्वागत गर्नुभएको थियो भने नवनियुक्त कार्यकारी निर्देशक दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *