फलेवास नगरपालिका वाड नम्बर ६ र ४ अन्तर्गत चल्ने अटोले मनपरी भाडा असुल्न थालेपछि सर्वत्र विरोध हुन थालेको छ । अटोहरुले आफूखुशी भाडा उठाउन थालेपछि सर्वसाधारणले विरोध गर्न थालेका हुन् ।
फलेवास नगरपालिका-४, श्रीसुवाबाट वाड नम्बर-६, देवीस्थान क्याम्पससम्मको भाडा कुनै अटोले २५० र कुनै अटोले ४०० रुपैयाँ लिने गरेपछि अटो अनुसार फरकफरक भाडा लिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । मनपरी भाडा उठाउँदा पनि नगरपलिका मौन रहेको स्थानीय राजेन्द्र भुसालले बताए । अटो भाडा तोक्न भुसालले नवनिर्वाचित वाड अध्यक्षहरुलाई अनुरोध समेत गरेका छन् । तत्काल समस्याको समाधान नगरे आफूहरु एकजुट भएर ट्राफिक कार्यालय जाने समेत उनले चेतावनी दिएका छन् ।
सर्वसाधारणको यातायातको समस्यालाई ध्यानमा राखेर सस्तो भाडा लिएर वाडको अनुदानमा चल्ने भनिएका दुई अटोहरु पछि अटोको मोडेलमा कुरा नमिलेपछि अटो चालकहरुले आफै लगानी गरेर अटो आफ्नै नाममा बनाएका हुन् ।