८ जेठ २०८०, सोमवार

यौन दुर्ब्यवहारको आरोपमा जलजलाका आचार्य पक्राउ !


१५ बर्षिया बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा जलजला गाउँपालिका वडा न ४ बस्ने ३० बर्षका विष्णु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाका बुवाले दिएको किटानी जाहेरीका आधारमा आचार्यलाई पक्राउ गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
अभियुक्त आचार्यलाई ५ दिनको म्याद थप गरि प्रहरीले हिरासतमा राखेको छ । प्रहरी श्रोतका अनुसार यस अघि पनि यौन दुब्यवहार सम्बन्धि २ वटा मुद्धाहरु उपर आचार्य माथि मुद्धा चलिरहेका छन् । दुई वटै मुद्धामा आचार्य धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।
आचार्य पटक पटक यौन दुब्यवहार सम्बन्धि मुद्धामा तानिदै आएको प्रहरी श्रोतको भनाई छ । आचार्यका यस अघिका मुद्धाहरुको पनि फैसला हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *