१७ चैत २०७९, शुक्रवार

अवकाे विकास भनेकाे शिक्षा र स्वास्थ: तिमिल्सिना

किशोर मनस्वी

पर्वतकाे माेदी गाउँपालिकामा असार १५काे माचामाचवीच वडा नम्बर ६ काे वडा कार्यलय भवन उद्घाटन गरिएको छ । भवनको उद्घाटन प्रमुख अतिथि सम्माननिय राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना ज्यूले गर्नु भएको हो ।


भवन उद्घाटन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले अवकाे विकास भनेकाे शिक्षा र स्वास्थ नै भएको हुँदा शिक्षा र स्वास्थ्यलाई प्रविधि मैत्री बनाउनुपर्ने कुरामा जाेड दिनुपर्ने बताउनु भयो । “जनताले अझैपनि राहतको अनुभूति गर्न नपाएको, देशमा सरकार भएर पनि सरकार भएको अनुभूति गर्न नसकेको, स्वास्थ्य र शिक्षामा बर्तमान सरकार उत्तरदायी नरहेको” प्रमुख अतिथि तिमिल्सिनाको भनाई रहेको थियो ।

बर्षाकाे झरिलाई समेत वेवास्था गर्दै उल्लेख्य जनमानसको उपस्थिति रहेकाे उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमल लामिछाने, ६ नम्बरका वडाध्यक्ष दिपेन्द्रजङ्घ लामिछाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षता, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत वाड अध्यक्ष दिपेन्द्रजङ्ग लामिछाने र संचालन सूचना अधिकृत प्रवीण पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *