१७ चैत २०७९, शुक्रवार

खुसी हुनू !

खुसी हुनू !
दिवस गौडेल
…………..
तिमी भन्छौ
प्रश्न नगर मलाई
तर बुझेको छु मैले
डराउँदै भए पनि
म प्रश्न गर्छु तिमीलाई
किन ?
तिमीलाई थाहा नहोला
तर मलाई थाहा छ
तिमीसँग बोल्ने बहाना
मात्र मैले गर्ने प्रश्न हो ।

तिमी नबोले पनि
तिमीले म अन्तिम स्वास लिँदा पनि
थाहा छ
कुनै प्रश्न गर्दैनौ
तर
म गर्ने छु
हरेक पल तिमीलाई प्रश्नहरु !

माफ गरिदिनु
मैले गल्ति गरें भने
प्रश्न सोध्दा
तर तिमी
सधैं खुसी हुनू
मेरा प्रश्नहरुका उत्तरहरु
नदिए पनि …..
………….
फलेवास नगरपालिका-४, मुडिकुवा पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *