श्याम न्यौपाने, नवलपरासी
उत्तरमा पर्वत जिल्ला दक्षिण काली गङ्गा
पश्चिम कालीगण्डकी र सीमा गुल्मीसँग ।
चापाकाेट र वालिङ नपा पूर्वतिर पर्छन्
यति किल्ला भित्र गल्याङ नपा पर्छ भन्छन् ।।
वडा नम्बर एक पर्छ मालुङ्गाकाे गाउँ
दुई नम्बर जगत्रकी देवी बस्ने ठाउँ ।
गल्याङ पर्याे तीनमा अनि निबुवाखर्क चार
गल्याङकाे विकासलाई कृषि नै आधार ।।
आँधीमाेहन,रुपाखानी,स्याल्बास,जाेगीमारा
वडा नम्बर पाँच पर्ने गाउँ यिनी सारा ।
छ नम्बरमा पिंढीखाेला पेलाकाेट सात
तीन दाेबाटे पूरा आयाे वडा नम्बर आठ ।।
नाै नम्बरमा गेझा, बेल्चाैर, आँपचउर आयाे
लिउनडाँडा, पक्वादीले दश नम्बर समायाे ।
तुल्सीभञ्ज्याङ पूरापूरै वडा एघारै हाे
पालिकाकाे नाउँकाे आधार गल्याङ बजारै हाे ।।
हुने रै’छ वडाबाटै धेरैजसाे काम
वडाबाट नटुङ्गिए पालिकामा जाम ।
लल्याङ वर धैरेनीमा अफिस पालिकाकाे
त्यहींबाट पालिकाले सेवा दिन ला ‘काे ।।
नेपाली र मगर, नेवार, गुरुङ भाषाभाषी
एकापसमा मिलीजुली बस्छन् यहाँ हाँसी ।
बाेले पनि अनेक भाषा एकता छ खासा
नेपाली नै बनेकाे छ सम्पर्ककाे भाषा ।।
लाखे,राेपाइँ,राेइला,घाटु,काैडा,झाम्रे नाच
शाेरठी र राेदी नाचमा उठ्छ हाम्राे माथ ।
द्याैसी, भैलाे, सालैज्यूमा मन खुसी हुन्छ
आफ्नाेपनमा नरमाउने भन मान्छे कुन् छ ।।
रक्षाबन्धन, गुरुपुर्ने, एकादशी, लाेसार
मः पूजा र गठे पूजा, पन्ध्र फागुन, तिहार ।
दशैं, मकर संक्रान्ति हुन् चाडबाड हाम्रा
मितव्ययी भई मनाऊँ बनाउन राम्रा ।।
भाषा अनि संस्कृति नै हाम्रो पहिचान
संस्कृतिलाई बिर्सनेकाे हुन्न स्वाभिमान ।
उठाैं, हाम्रो संस्कृतिकाे संरक्षण गर्न
संस्कृतिलाई ध्वंश गर्न हुन्न अघि सर्न ।।
तम्कीकाेट, बाह्रगिरी, कल्लेरी र चाेक
तीनदाेबाटे, सिराैंसाले तान्छन् पर्यटक ।
जिमुहाँ र लबरकाेट, चित्डाँडा, दिमिक
मनरी र सिमलस्वाँरा घुमे हुन्छ हित ।।
डुँडे, केस्ती, पिंढी, ठाडाे, करादीकाे खाेला
हुतुम,विर्दी,धाङ्लिङ,मान्के अनि आँधीखाेला ।
सुसेल्दछन् लाेकभाका जलकाे कलकलसँग
लाेकभाका सुनी चरी पनि पर्छन् दङ्ग ।।
हिन्दु, बाैद्ध धर्म मान्ने मानिसको बास
ईश्वरीय आराधना ईश्वरकै आश ।
मठमन्दिर, गुम्बातिर श्रद्धाभाव हाम्रो
पर्यटक आउने ठाउँ बनाएकाे राम्रो ।।
बहु जाति , बहु भाषा, संस्कृति र धर्म
बसेका छाैं हामी गरी आफ्नो आफ्नो कर्म ।
उद्योग खाेलाैं, व्यापार गराैं, कृषिकर्म गराैं
गल्याङकाे विकास गर्न हामी अघि सराैं ।।
जाग्याैं भने हामी सबै जाग्छ गल्याङ हाम्राे
हामी जागे विकासमा लाग्छ गल्याङ हाम्रो ।
गल्याङकाे भाग्यरेखा काेर्ने हामी नै हाे
गल्याङलाई समृद्धिले भर्ने हामी नै हाे ।।