१५ चैत २०७९, बुधवार

गाउँ पुगि एकीकृत सम्पत्ति तथा भूमिकर संकलन ।

सुरेश छन्त्याल

गलकाेट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानी अन्तर्गत रमुवा गाउँमा पुगि पहिलोपटक एकीकृत सम्पति तथा भूमिकर संकलन कार्य सम्पन्न भएको छ।
गलकाेट नगरपालिकाे सबैभन्दा टाढा रहेकाे पाण्डवखानीकाे रमुवामा गलकाेट नगरपालिका वडा नं १० का वडा सदस्य कुमार पुनकाे पहलमा वडा सचिव ठाकुर तिमिल्सेनाकाे सहभागितामा संकलित एकीकृत सम्पति तथा भुमिकर संकलनमा कार्यमा सिङ्गाे गाउँनै सहभागी भइ सेवा (लाभान्वित) लिएका थिए ।
यसैबीच पशु सेवा केन्द्र पाण्डवखानीका सेवा केन्द्रका प्रमुख शिव आचार्यले एफएमडी, पिपिआर र यचएसविक्यू खाेप सेवा संचालन मार्फत रमुवाकाे सिङ्गो गाउँ नै लाभान्वित हुने गरि सेवा प्रदान गर्नुभएको थियाे। यसरी हाम्रो घरदैलोमा आएर सेवा प्रदान गर्नु भएकोमा धन्यवाद दिदै सेवा लिन पाउदा सिङ्गो गाउँनै खुसि भएका छा‌ै स्थानीय उदिप घर्तिले बताउनु भयाे, त्यस्तै सेवा प्रदान गर्नु हुने वडा कार्यालय, वडा सदस्य कुमार पुन, वडा सचिव ठाकुर तिमिल्सेना, र पाण्डवखानी पशु सेवा केन्द्रका प्रमुख शिव आचार्यलाई धन्यवाद समेत दिनु भएको थियाे । रमुवामा स्थानीय लाइनकाे समस्या हुदा प्रशासनिक काम गर्न धेरै असजिलो भएको र रमुवामा केन्द्रीय लाइनकाे तार थर्याउने काम संगै पछिल्लो समयमा पगाउँमै इन्टरनेट जडान भएपछि आफुहरुलाइ काम गर्न निकै सहज भएको वडा सचिव ठाकुर तिमिल्सेनाले बताउनु भयाे।
सामान्य वडाकाे कुनै पनि सेवा लिन रमुवादेखि तल वडा कार्यालय सम्म आउदा जादा समय लाग्ने र विशेषगरी माेटरबाटाे सुधार नहुदा यश गाउँका जनसमुदायलाई कठिनाइ भएको र स्वयम आफैले यस्ता समस्याहरु झेल्नुपरेको भन्दै अब वडाका रहेक काम रमुवामै पुगेर सेवा प्रदान गर्ने र त्यहि अनुसारकाे वातावरण मिलाउनु पर्ने भएको वडा सदस्य कुमार पुनले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *