२३ साउन २०७९, सोमवार

डिमुवा आधारभूत विधालयको अध्यक्षमा लामिछाने !


किशोर मनस्वी
डिमुवा आधारभूत विधालयको ब्यवस्थापन समितिको भेला सम्पन्न भएको छ । सो भेलाले प्रकाशजङ्ग लामिछानेको अध्यक्षतामा आठ सदस्यीय विद्यालय ब्यवस्थापनकाे कार्यसमिति गठन गरिएको छ ।
माेदी गाउँपालिका-६, डिमुवा पर्वतमा अवस्थित डिमुवा आधारभूत विधालयको ब्यवस्थापन समिति विभिन्न झमेलाका कारण गठन हुन सकेको थिएन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा माेदी गाउँपालिका-६ का वडा अध्यक्ष दिपेन्द्रजङ लामिछानेले बालबालिकाहरुको भविस्य बोकेको विद्यालयमा राजनीति नघुसाउन सबैमा आग्रह गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष लामिछानेले आगामी दिनमा विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो ।

समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीयहरुकाे उल्लेख्य सहभागितामा कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको हो । भेलाले पुन विद्यालयका कर्मचारीहरुको बैठक बसी सहमतिमा शिक्षक प्रतिनिधि टुङ्गयाउने समेत निर्णय गरेकाे छ ।


कार्यवाहक अध्यक्ष टिकाराम पाैडेलकाे अध्यक्षता, वडाध्यक्ष दिपेन्द्रजङ लामिछानेकाे प्रमुख आतिथ्यता, शिक्षा अधिकृत झकप्रसाद गाैतमकाे संयाेजकत्व, शिक्षक यशाेदा सापकाेटा रिमालकाे स्वागत र शिक्षक मन्जु पाैडेलकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Leave a Reply

Your email address will not be published.