सुरेश छन्त्याल/ गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा
गरिबी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ढाका कपडा बुनाई सीप विकास तालिम सम्पन्न भएको छ।
गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे आयाेजनामा भएको तालिममा २२ जना महिलाहरुकाे सहभागीता रहेकाे थियाे।
तालिमकाे समापन कार्यक्रममामा गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेकाे प्रमुख आतिथियतामा भएको कार्यक्रममा बाेल्दै गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले तालिममा लिएको सीप व्यापारमा लिन व्यवसायीक बन्न सिकेका सिप- सीपमा परिवर्तन गर्न आग्रह गर्दै नगरपालिकाकाे सधैब साथ र सहयोग रहने बद्धवद्धता गर्नु भएको थियाे, त्यस्तै नगरपालिका भित्र पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै र पाण्डबखानीकाे समस्यालाई छिट्टै समाधानबाट मुक्त गर्ने घाेषणा गर्नु भयाे । त्यस्तै तालिममा उद्यमी महिलाहरुले नगर प्रमुख निउरेलाइ मागपत्र समेत हस्तान्तरण गरेका थिए । तालिमकाे सहज तालिम सहजकर्ता भावना पुनले गर्नु भएको थियाे। कार्यक्रममा गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षता र लघु उद्यम विकास गलकाेटका सहजकर्ता गुलाब बादीकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।