२१ असार २०७९, मंगलबार

पौडेल र गुरुङले छोडे कमल थापाको साथ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कमल थापाले गठन गरेको राप्रपा नेपालमा गएका दुई नेता राप्रपामै फर्किएका छन् ।
थापाले राप्रपा नेपाल गठन गरेपछि उपाध्यक्ष बनेका उद्धव पौडेल र कोषाध्यक्ष बनेका चन्द्रबहादुर गुरुङ पुनः राप्रपामै फर्किएका हुन् । दुबै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरे ।
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएपछि पौडेल र गुरुङले पनि राप्रपा छाडेर थापालाई साथ दिएका थिए । सोमबार राप्रपाका फर्किएका उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नखुलेको राप्रपाका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published.