२५ जेठ २०८०, बिहिवार

प्रेमको बाटो !

मैले हर्ने
मेरो मायामा पुरुषत्वको अहम झल्कियो
तिम्रो मायामा ममता थियो

मेरो नजरमा हाम्रो माया
गंगाको पवित्र जल र जल विचको ढुङ्गा
कहिले ढुङ्गाले बाटो फेरिदिन्छ जलको
र रिसाएर जल
टुक्राएर वनाइदिन्छ ढुङ्गालाई वालुवा
तर मायात छ नि
लुकाउछ पानीले ढुङ्गालाइ भेल वनी
दुनियाको नजरवाट
ढुङ्गा पनि खिइँदै खिइँदै वनेर शिला
जागाउँछ बढाउँछ जल अर्थात् पानीको महत्व

तिम्रो नजरमा हाम्रो माया
नदीको दुई किनार
एकविना अर्कोको अस्तित्व छैन
न त छुटिएरनै वस्न सक्छन्
न मिल्न नै सक्छ
आइदिन्छ विचमा दिवार
वगिदिन्छ नदी
किनारालाई मिल्न दिँदैन
अन्नत कालसम्म

माया एक
तर सोच फरक भएपनि
पानीले ढुङ्गालाई, ढुङ्गाले पानीलाई जस्तै
रिसाउँदै झगडा गर्दै
मायाले डुवाउँदै एक अर्कोलाई
तर
नदीको दुई किनार जस्तै नजिकै छ
तर दिवार छ विचमा संस्कृतिको
जसले मिल्न दिएको छैन हामीलाई
छुटाउन खोज्दैछ अनन्त कालसम्म

आउ प्रिय हामी अव विद्रोह गरौं
पर्खाल भत्काऊ
ढुङ्गा सारौं
पानीको वाटो मोडौं
विस्तारै विस्तारै शोषेर नदीको पानी
साँघुरो वनाउँदै नदीलाई
मिल्नुछ हामीलाई
सफल वनाउनुछ हाम्रो मायालाई
अन्नत काल सम्मको लागि ।

दिवस गौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *