५ चैत २०७९, आइतवार

म्याग्दीमा बाढीले स्काभेटर बगायो !


म्याग्दीमा बाढीले स्काभेटर बगाएको छ । शनिवार राती निरन्तर परेको पानीका कारण रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाको ड्याम साइडमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा-४ मा निर्माणधिन अवस्थामा छ । मुक्तिनाथ बगैंचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पुर्‍याउँदा स्काभेटरको महत्वपूर्ण पाठपूर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले बताउनुभयो ।
पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जालीसँगै नदीको आएको बाढीले डोजर बगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *