१५ चैत २०७९, बुधवार

वाम गठबन्धन गरेर निर्वाचन लड्न ओली समक्ष बामदेवको प्रस्ताव !


  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम्युनिष्ट शक्तिहरुको तालमेलको प्रस्ताव गरेका छन्। अभियानका संयोजक गौतमले बिहीबार बिहान एमाले  अध्यक्ष केपी ओलीसँगको भेटमा आसन्न दुवै तहको निर्वाचनमा कम्युनिष्ट शक्तिहरु मिलेर लडनुपर्ने प्रस्ताव गरेका हुन्। 
‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरुको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं,’ भेटमा ओलीसँग गौतमले प्रस्ताव राखेका थिए। 
गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत निर्वाचनमा वाम गठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाएका थिए।
गौतमले आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा लागि पर्ने धारणा राखे। अध्यक्ष ओलीले वाम गठबन्धनमा आफू समेत सकरात्मक रहेको तर प्रचण्ड र नेपाल सुध्रेर आउनुपर्ने जवाफ गौतमलाई दिएको स्रोतले बताएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *