जीत पुन
जीवनको महत्वपूर्ण उर्जाशील समय पार्टीको नाममा निशर्त खर्चेका हजारौंहजार कार्यकर्ता ‘नघर नघाट ‘को अवस्थामा गुज्रेको स्थिति छ। सुनिन्छ अस्थिर र विचलनवादीहरु यसको चपेटामा परेका छन्। यसप्रकारको वुझाई अल्पग्यानको पराकाष्ठा हो भन्ने ठान्दछु। राजनीतिमा सवै नेता -कार्यकर्ता विधि विधानभित्र बाधिएका हुन्छन्। सांगठानिक अनुशासन सवैले मान्नै पर्ने हुन्छ र शिर्ष नेतृत्वप्रतिको भरोसा प्रगाढ हुनैपर्छ यसको अभावमा पार्टी पार्टी जस्तो वन्न सक्दैन। यसर्थ :यही स्कुलिङवाट म लगायत धेरै सहयोद्धाहरु दिक्षित भयौं। विडम्बना! पैतिस्- छत्तीस वर्षको अवधिभित्र छ पटकसम्म कहिले विभाजन त कहिले फुटको तीतो अनुभव व्यहोर्नु पर्यो। ती सवै कालखण्डमा कार्यकर्ता निर्दोष छन् र शिर्ष नेतृत्व दोषी देखिन्छ । स्वभाविक हो नेतृत्व भनेको निति नियम, कार्यक्रम र सिद्धान्त कोर्ने तह हो यसलाई विश्वास नगर्ने प्रश्नै हुँदैन। कुनै कालखण्डमा वामदेव गौतम पार्टीभित्र निकै प्रभावकारी र राष्ट्रवादी नेताको रुपमा कहलिएकै वेला महाधिवेशनको लागि आफ्नो फरक मत प्रस्तुत गरे हामीलाई जायज लाग्यो समर्थन गर्यौ तर केही घटनाक्रम पश्चात पुन:परानो ठाउँ मै विलय हुन गएपछि हामीले गंभिर आपत्तिका साथ अस्विकार गर्यौ र निश्चित समयसम्मको लागि पर्खने र हेर्ने निधो गर्यौं समय गुज्रदै थियो माओवादी पार्टीको दीर्घकालिन जनयुद्धको उद्घोषले निकासको खोजीमा पर्खिएको मित्रशक्तिलाई प्रभाव पर्नु कुनै आपत्तिको विषय नै थिएन त्यसैले हामी केही साथीहरु नैतिक समर्थन गर्न थाल्यौं र प्रशासनको आँखामा खतरनाक आतंककारी बन्यौ जतिवेला हामीबाट गरिएको सहयोग भनेको आउदा खान दिने कहिले काही वास मात्रै थियो। यही मानवीय सहयोग नै बन्दुक भिरेका गुरिल्ला झैं सोचेर कमरेड यामबहादुर वि.क चरम यातनाको सिकार वन्नु भयो उहाँ को दुई वटा करङ नै भाँचे म र केही साथीहरु दुश्मनको हात परिसकेका थिएनौ।
मेरो एकजना शुभचिन्तक नेपाली कांग्रेसका साथीले खुसुक्क भेटेर तपाईमाथि कडा निगरानी भैरहेकोले ढिलाई नगरि सेल्टर छोडिहाल्न आग्रह गरे म वाध्य भै सुरक्षाकै लागि पनि माओवादीको सम्पर्कमा पुगे करिव एक वर्षको अन्तर्काल पछि मेरो निजी डिष्नेरी भित्र “ढाट र छलछाम “भन्ने शब्दावली नै छैन त्यहाँ सकिन किनकी म फरक स्कुलिङमा हुर्केको क्याडर थिएँ । बहुत मुस्किल भयो, वाफ्रे वा! त्यसैले सम्पर्क वाहिर बस्दा पनि सुख पाइन । आर्मीको गस्तीले कव्जामा लियो र पन्ध्रौ दिनसम्म हिरासतमा राख्यो जतिवेला मलाई शारीरिक यातनाभन्दा मानसिक यातना चरम रुपमा दियो जसको असर अझै मैले व्यहोर्दै छु। त्यसपछि म सक्रिय राजनीतिवाट नौ दश वर्ष अलग रहें तर धङधङी बिलकुल हटाउन सकिनँ । त्यो सहयोद्धा, त्यो फिल्ड, त्यो भेटघाट अह निकै पीडा! त्यसैले अव वाँकी जीवन सोहि कर्मको लागि अर्पण गर्ने सोचेको थिएँ तर यो विचमा पुन:पार्टी पटकपटक टुक्राटुक्रा भयो । हामी निरिह कार्यकर्ताहरु कुनै न कुनै नेताको फेर समाउनै पर्ने वाध्यताले पीडित छौं तर हामीलाई सजिलै विचलनवादीको उपमा पहिर्याईदिन्छन् । यसको मुख्य दोषी को भनेर छुट्याउने विवेक देखाउँदैनन् तर कम्युनिष्ट आन्दोलन प्रतिको इमान्दारिता वचाइराख्ने कसम संझिरहने छौं।