५ चैत २०७९, आइतवार

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन !


सुरेश छन्त्याल/ गलकाेट

बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा
चट्याङ लाग्दा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीसकाे मृत्यु भएको छ । स्थानीय लालबहादुर श्रीसकाे जानकारी अनुसार करिव दिउसो साडे ४ बजे घरमा परिवारसँग बसिरहेकाे अवस्थामा चट्याङ लाग्दा ७० वर्षिय श्रीसकाे मृत्यु भएको हाे ।

५ जना परिवार घरमा सँगै बसिरहेकाे अवस्थामा एक्कासी चट्याङ लाग्दा श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएको छ। त्यस्तै २९ वर्षिय उनका कान्छा छाेरा भुवाल श्रीसलाई पनि चट्याङ लागेकाे र करिव २० मिनेटपछि उनी सामान्य अवस्थामा आएकाे पूर्व गाविस अध्यक्ष दिलबहादुर पुनले जानकारी दिनुभयाे। थप जानकारी आउन बाँकि रहेकाे स्थानीयले बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *