८ चैत २०७९, बुधवार

सुमनको “अन्ततः यन्त्रणा” बजारमा !

शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथि (साहित्यकार तथा महामन्त्री, नेपाली कांग्रेसका) विश्वप्रकाश शर्मा, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार भुवन ढुंगाना, अतिथि प्रयागराज भट्टराई, समीक्षक साहित्यकार महेश पौडेल, समीक्षक साहित्यकार अनुपमा रेग्मी, रहेका थिए ।

प्रमख अतिथिले साहित्य गहना होइन गौरव हो । गहना लगाइन्छ फुकालिन्छ तर गौरव सँधै नै अमर हुन्छन । राजनितिज्ञहरु कता हराएर जान्छन् तर साहित्यकारहरु अमर हुन्छन भन्दै स्रष्टाको लेखनको प्रशंसा गरेका थिए । नारी विषयलाई समेटिएको उक्त उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरु उस्तै रहेका र महत्तवपूर्ण विषयवस्तुको उठान गरिएको कुरा विशिष्ट अतिथी भुवन ढुंगानाले बताइन । पुस्तकको समीक्षा समिक्षक द्वेय साहित्यकार महेश पौडेल र अनुपमा आचार्यले गरेका थिए । कवि दिनेश अधिकारी, कवि राधेश्याम लेकाली, कवि कृष्ण प्रसाइँ, त्रिभुवनचन्द्र वाग्ले, निलम कार्की निहारिका,विधान आचार्य, जयदेव भट्टराई लगायत विशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कवि ऋषभदेव घिमिरे र कार्यक्रमको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *