२३ जेठ २०८०, मंगलबार

हटाइयो कांग्रेस चोक !


बागलुङ बजारको एक चोकको नाम कांग्रेस चोक राखिएपछि विरोध भएको छ । उक्त चोकको नाम परिवर्तन गरी कांग्रेस चोक राखिएको समाचार विभिन्न अनलाइनहरुमा प्रकाशित भएपछि त्यसको चौतफी आलोचना भएको थियो ।
बागलुङ नगरपालिका–२ नारायण घुम्तीलाई कांग्रेस चोकको नामाकरण गरिएपछि सामाजिक सञ्जालहरुमा व्यापक विरोध र आलोचना भएपछि उक्त नाम हटाइएको छ ।
बागलुङ बजारको ट्राफिक चोक हुँदै रुद्रेपिपल र बाङ्गेचौर जाने घुम्तीमा मंगलबार पर्खाल रङ्गाउदै ‘नारायणचोक घुम्ती बागलुङ बानपा–२ कांग्रेस चोक’को लेखिएको थियो ।
उक्त चोक नेपाली कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ को घर अगाडी पर्दछ । तर उहाँलाई समेत चोकको नाम परिर्वतन भएको पत्तो भएन । चोक तथा गल्लीहरुको नाम सार्वजनिक महत्वको हुनुपर्ने भएपनि कुनै पार्टीको नामसंग जोडिएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उक्त नाम अहिले मेटिएर नारायण घुम्ती कामै लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *