२३ जेठ २०८०, मंगलबार

हिलाम्मे सडकमा धान रोपाइँ !


  बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन्।
निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको स्थानीय युवा श्रीराम पौडेलले जानकारी दिनुभयो । ‘ठेकेदारले सडक अलपत्र पारेर सम्पर्कविहिन भएपछि सडक आयोजना निर्माणको कामलाई निरन्तरता दिन सम्बन्धित निकाय संग पटक–पटक आग्रह गर्दा पनि केही सिप लागेन । बाध्य भएर धान राेपेर  बिराेध गरेका हाैं ,’ उहाँले भन्नुभयो ,‘यो देशमा राज्य भन्दा ठेकेदार बलियो रहेछ भन्ने हामिले अनुभव गरेका छौं ।’
पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मगंला गाउँपालिका–२,स्थित लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी सम्पर्कविहीन अवस्थामा रहेको छ । विसं २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *