१७ चैत २०७९, शुक्रवार

एउटा प्रतीक्षालयको प्रतीक्षामा मार्सीखेत !

मार्सी खेत भनेर चिनिने फलेवास नगरपालिका-४ मुडिकुवाको मार्सीखेत एउटा प्रतीक्षालयको पर्खाइमा छ । मार्सीखेतमा कुनैपनि ओत बस्ने ठाउँ नहुँदा टाढाटाढासम्मका यात्रुहरु अलपत्र परेका देखिन्छन् ।

साविकको मुडिकुवा गाविस वाड नम्बर ६ मा पर्ने मार्सीखेतमा दिनहुँ सयौं यात्रुहरु गाडी तथा अटो रिक्सा कुरेर बसिरहेका हुन्छन् तर त्यहाँ कुनैपनि ओत बस्ने ठाउँ नहुँदा यात्रुहरुको सुविस्ताका लागि एउटा प्रतीक्षालयको आवस्यकता देखिन्छ । यो स्थानमा एउटा प्रतीक्षालय बन्न सके धेरै यात्रुहरुलाई सहज हुने स्थानीय अर्जुन गौतमको भनाई रहेको छ । गौतम भन्छन् “मैले धेरैपटक यात्रुहरुलाई मार्सीखेतको चोकमा झरीमा रुझ्दै सवारी साधन कुरेको देखेको छु, त्यो स्थानमा एउटा प्रतीक्षालय मात्र बनाउन सक्यौं भने यो बाटो हुँदै जाने पर्वतको दक्षिण भेगका यात्रुहरुलाई सहज हुने थियो ।” काठमाडौं, नारायणगढ, पोखरा, कुष्मा लगायतका स्थानहरुबाट पर्वतको दक्षिण तथा पश्चिमी भूभाग जस्तै फलेवास, महाशिला, पैयुँ, बिहादी मात्र होइन बागलुङको जैमिनी नगरपालिकासम्म हिँडेका यात्रुहरु कुष्माबाट पैदल हिँडेर यही मार्सीखेतमा आएर सवारी साधनहरुको प्रतीक्षा गरेको देखिन्छ ।

गर्मीमा गर्मी र वर्षा याममा एकदमै झरी पर्ने यो स्थानमा एउटा प्रतीक्षालयको साथमा सार्वजनिक शौचालय बन्न सके पैदल तथा सावारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई निकै सहज हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *