गाई र भैंसी तथा गाईको र भैंसीको दुधमा फरक जुन धेरै कम मान्छेहरुलाई थाहा हुनसक्छ ।
भैंसीले आफ्नो बच्चालाई पिठ्युँ पछाडि राखेर बस्छ उसको बच्चालाई कुकुरले खायो भने पनि उसले थाहा पाउँदैन ।
जबकि गाईको बच्चाको अगाडि अचानक मान्छे त के बाघ आएपनि आफ्नो ज्यान दिन्छ तर आफू हुँदाहुँदै बच्चामा आँच आउन दिँदैन । त्यसैले गाईको दुधमा स्नेहको गुण भरपुर हुन्छ।
१• भैंसीलाई फ़ोहोर मनपर्छ, ऊ गोवरमा हिल्लाम्मे भएर बस्छ तर गाई आफ्नो गोवरमा पनि बस्दैन उसलाई स्वच्छता मनपर्छ।
२• भैंसीलाई घरदेखी दुई किलोमीटर टाढा तलाउमा छोडेर आउनुहोस् ऊ घर आउँदैन उसको सोच्ने शक्ति जिरो हुन्छ । गाईलाई घरबाट ५ किलोमीटर टाढा छोड्दिनुस । उसले घर आउने बाटो थाहा पाउँछ, ऊ घर आउँछ । गाईको दुधमा सोच्ने शक्ति धेरै हुन्छ।
३• दस वटा भैंसीलाई बाँधेर २० फुट टाढादेखि उसको बच्चाहरु छोड्दिनुहोस, एउटा पनि बच्चाले आफ्नो आमालाई चिन्न सक्दैन । जबकि गौशालामा दिनभर गाइको बच्चालाई भिन्दाभिन्दै ठाउँ राखिन्छ । साँझपख जब उसको आमासँग भेट हुन्छ सबै बच्चाहरु (हजारौंको संख्यामा) आआफ्नो आमालाई चिनेर दुध पिउँछन, यो हो गाईको दुधको सोच्ने शक्ति ।
४• जब भैंसीको दूध दुहुन जाँदा भैंसीले सबै दूध दिन्छ,
तर गाईले थोरै दूध माथि बचाएर राख्छ, र जब उसको बच्चालाई छोड्दिन्छौ उसले लुकाएर राखेको दूध दिन्छ। यो गुण आमाको हो जुन भैंसीमा हुँदैन ।
५• बाटोमा बच्चाहरु खेलिरहेका छन् र भैंसी दौडिदै आइरहेको छ भने उसले बच्चाहरुलाई कुल्चिएर जान्छ…
तर गाई दौडिदै आएको छ भने उसले कहिले पनि बच्चाहरु माथि कुल्चिएर जाँदैन ।
६• भैंसीले घाम र गर्मी सहन सक्दैन । बैशाख जेठको गर्मीमा पनि गाई बाहिर बस्न सक्छ ।
७• भैंसीको दूध तामसिक हुन्छ जबकि गाईको दूध सात्विक हुन्छ ।
८• भैंसीको दूध आलस्यले भरिएको हुन्छ, उसको बच्चा दिनभर यसरी बस्छ जस्तो उसले भाङग खाएर बसेको छ। जब दुध दुहुने समय भएपछि मालिकले उसलाई उठाएर तान्दै आमा हुने ठाउँ लानुपर्छ । तर गाईको बाच्छा यति उफ्रिन्छ कि तपाईंले उसलाई बाँधेको डोरी खोल्न पनि सक्नु हुँदैन । गौमाताको दूध अमृत सम्मान हुन्छ ।