( कथा )
– लक्ष्मण सिटाैला
त्रिबि केन्द्रीय पुस्तकालय जानू थियो मलाई । जोन मिल्टनको
” गुमेको स्वर्ग” फिर्ता गर्न। किताब ल्याउन सजिलो । खुब उत्साह र हुटहुटि हुन्छ मनमा । तर ल्याएर पढिसकेपछी बुझाउन जान भने असाध्य अल्सी लाग्छ। सम्भवत यो किताबमा पनि फाइन लागिसकेको हुनुपर्छ मलाई आ जेसुकै होस।
म प्रायः फुर्सद हुँदा किताब उतैबाट ल्याउछु। हरेक साल सदस्यता नविकरण गर्छु। बजारमा निस्केको सबै किताब किनि साध्य पनि हुन्न। आजकल सामान्य लेखकका पुस्तक पनि महँगो हुन्छन् । हाम्रोमा पढ्न चाहना गर्नेहरूको आर्थिक हैसियत कम्जोर हुन्छ भन्ने कुरा पुस्तक प्रकाशकहरुले नबुझेकै हुनुपर्छ । पुस्तकालयमा बसेर चुपचापले अध्ययन गर्दा अर्कै आनंद पनि हुने,अनि पुस्तकमा पैसा पनि कम खर्च हुने। सामाजिक बन्धन र ब्यवहार बाट बचेको समय म प्रायः उतै हुन्छु। त्याहा अर्कै आनन्द मिल्छ।
मन जहाँ अडिन्छ त्यही रमाइलो हुने त हो ।पुस्तकालय भित्र बसेर अध्ययन गर्दै गर्दा पुस्तकका चाङहरुबाट आउने एक प्रकारको ढुसिको गन्ध मलाई मन पर्छ । खोइ किन हो ?। अरुलाइ सुगन्ध मन पर्छ । मलाई भने किताबबाट उडेर आएको ढुसि मनपर्छ। देखेका भोगेका अनुभुती गरेका जीवनका सबै सबै पलहरु अन्ततः ढुसि नै भएर गुज्रने त हुन नि !। सबैले हरियो हुने मौका कहाँ पाँउछन र जिन्दगीमा ? सम्झना बासी हुदै जानू र बाचेका दिनहरू बासी हुदै जानू यी सबै जिन्दगीको लयबाट तारको झन्कार बिलिन हुनु त हो ।
सधैं जसो म सामाखुसी चोकबाट बल्खुसम्म जाने बस चढ्छु।
भिड भएको बसलाई म प्रायः छल्छु। भिडमा रमाउन शक्तिन।त्याहा माथी कोभीडको कारण पनि सकेसम्म भिड छल्नु बुद्धिमानी हो। आफैलाइ कोभीड भएर पनि होला यस्को पीडाको महसुस कति दर्दनाक हुन्छ भन्ने कुरा ।
हातमा “गुमेको स्वर्ग” छ। एउटा सिङ्गो किताब बोकेर निकैबेर उभिए चक्रपथमा। भरिएर आएका कुनै पनि बसमा चढ्न मन लागेन। लगभग गन्ती नै गरेको भए दसवटा जति बस म भन्दा अगाडि गैसकेका थिए। धुलोमा उभिरहन पनि गाह्रो भो। छाता बोक्ने बानी थिएन । पानी आउने संभावना भएकोले-
“चक्रपथ परिक्रमा” लेखेको बस चढे।
मलाई बल्खु चोकमा उत्रनु थियो । प्रायः त्यताबाट लाइब्रेरीसम्म पुरै हिड्ने गर्छु म। बाटो दायाँबायाँ उभिएका रुखहरुसग एकान्त वार्ता गर्दै हल्का उकालो हिंड्नुको अर्कै आनंद।बसमा धेरै भिड थिएन।बस्ने सिट पनि थिएन। उभिने र बस्ने मानिसहरुको संख्या लगभग उस्तै थियो। ढाेका छेउमा उभियो भने सहचालक भाइको हप्किदप्की खान पर्छ भनेर म अन्तिमतिर लागे र उभिए।गर्मी त छदै थियो।हातमा आएको पसिनाले “गुमेको स्वर्ग” को कभर पेज भिजिसकेको थियो। बसको अगाडिको भाग भन्दा पछिल्लो भाग अलिक हल्लाउछ।
माथि समाउने डन्डी थियो। एउटा हातलाइ त्यतातिर काम दिएको थिए र एउटा हातले किताब च्यापेको थिए। ओर्लने ढोका र म उभिएको बिच निकै लामो दुरि थियो। त्यही बिचमा एउटाि बैशालु युवती उभिएकि थिइन । महिला सिटमा दुई वृद्ध महिला नै बसेका थिए।
उभिनेहरु कहिले सिटमा बसेकाहरु उठ्लान र झम्टिदै सिटमा बसुला भन्ने सोचमा एकाग्र जस्ता देखिन्थे । मैले उभिएकी ती सुकुमारी केटीलाई अलिक ख्याल गरेको थिए किनकि तिन्को शरीरमा आवश्यकता भन्दा बढी मात्रमा छर्किएको पर्फ्युमको वासना आइरहेको थियो। आवश्यकता भन्दा बढी जे कुरा पनि अस्वभाविक लाग्दोरहेछ। तिनको छेउबाट नै छल्किएर आउनु पर्दा एकै छिनमा मलाई रुघा लागेको जस्तो भएको थियो । तिन्लाइ यस्तो देखिन्थ्यो कि शिक्षा पाएकी तर सस्कार नपाएकी बाबुआमाले लाडे पारेर पालेकी छोरी जस्ती । तिनको खुट्टामा तिन्ले लगाएको हिल जुत्ता हेर्दा कतै लड्ने पो हुनकी जस्तो लाग्थ्यो।
बनस्थली चोक पुग्नु अगाडि एकजना बिद्यार्थीले बाटो यस्तरी काटे कि बसमा उभिएकाहरु एक हात पर हुत्तिन पुगे। अघि बसमा उभिएकी तिनै पर्फ्युमवाला केटी माथी एकजना केटा मान्छे हुत्तिएर तिनको जिउमा ठोक्किएछन। तिन्ले ती केटाको गालामा चड्कन हानेको देखे पछि बसका यात्रुहरु पनि अचम्मित भए । एकछिन पछि सबै यात्रु आफ्नो पुर्वास्थामा आइसकेका थिए तर ती केटी भने तिन्को जिउमा ठाेक्किने केटालाई तथानाम गाली गर्दै थिइन। तिन्ले यस्तो अभिनय गरिन कि उस्ले तिन्लाइ बलात्कार नै गरे जस्तो कुनै ज्यान मार्ने नै उद्योग गरे जस्तो । तिन्को गाली सुनेर सबै हच्किय।
कसैले एक शब्द पनि बोलेनन् ती केटाको पक्षमा । म मौन रहन सकिन जुरुक्क उठेर ढोका छेउमा गएर उभिए। केटालाई माफी माग्न लागाएको एउटा दृश्यले मलाई पनि भावुक बनायो। उभिएर यात्रा गर्नेसग एक प्रकारले सबै जनासग सबै ठाेक्किएका थिए तर कसैले पनि यस्लाइ झगडाको बिउ बनाएनन। ती पर्फ्युमवाली केटी भने बडाे उत्तेजित भइन।
” जाना जान भएको होईन नि बहिनी ती भाइलाइ यस्तरी अमानवीय गाली गरेर तपाईंको उचाइ चुलियो र ?”
मैले सम्झाउन खोज्दा मलाई नै टाेकुला र निलुला जस्तो ब्यवहार गरिन तिन्ले। अनि म चुपचाप बसे। अन्याय हुँदा पनि तमासा हेरेर बस्नुपर्ने बाध्यता पर्दोरहेछ जिन्दगीमा कहिलेकाही ।
बिचरा असह्य भए पछि ती भाइ गहभरी आँसु पार्दै सितापाइला चोकमा ओर्लिए । मलाई कस्तो कस्तो नरमाइलो लाग्यो । जिन्दगीमा नसोचेको घटना किन घट्छ? किन सानातिना मोडमा अलिकति ठाेक्किदा पनि मन किन यति बिघ्न हतासिन्छ ?। त्यो भाइको केही गल्ती त थिएन । तैपनि अपराधबोध गरेर गन्तव्य नपुग्ग्दै यात्रा ब्रेक गरे। कहाँ पुग्नु थियो उनलाई । बिचरा यहि ओर्लिए। अब अर्को बस फेर्लान वा हिडेर जालान! जिन्दगी भनेको नियमित आकस्मिकता हो। कस्तो थप्पड हानिन तिन्ले नमज्जाले। केटाले छुनु नै अपवित्र हुनु होर?
फेरि तिनी भिक्षुणि पनि त होइनननी ।
सितापाइलाबाट बस हिड्यो ।
अब केहि बेरमै म पनि बल्खु चोकमा ओर्लिन्छु। हातमा बोकेको
” गुमेको स्वर्ग ” धन्न हातमै रहेछ। एक प्रकारले मलाईनि आज लाइब्रेरी जानै मन छैन। ती केटी अघि जहाँ उभिएकी थिइन अहिलेसम्म पनि त्यही ठिङ्ग उभिएकि छिन। तिन्लाइ त पछुतो पनि लागे जस्तो लागेन। अनुहार पुरा रिसाएको छ। हुन पनि अहिलेसम्म तिन्ले कतै बस्ने सिट पनि पाएकी थिइनन। तिनी वरिपरि कोहि केटाले पनि उभिने साहस गरेनन। सब अघि पछि भागे।
बस फुल स्पीडमा कुदिरको थियो। कलन्की सब वे को ओरालोमा एउटा गाइले एक्कासि बाटो काट्यो ।झ्याम्म फेरि ब्रेक लाग्यो बसमा। त्यो उभिएकी केटी हुत्तिएर मै भए तिर आइन। मैले बाटो छेकिन किनभने अघि तिन्ले त्यो निर्दोष भाइलाई हात हालेको र प्रहरीको धम्की दिएको मलाई याद छ। मैले हात दिनु त के तिन्लाइ छुन पनि सकिन। छुनु त के तिन्को मुखमा हेरेर कुनै शब्द बोल्न पनि सकिन।
तिनी ढोकाबाट एक्कासि खसिन। यदि तिन्लाइ छोइयो भने पनि ठुलो गाली पाइन्छ भन्ने डरले मैले तिन्लाइ दुर्घटना बाट बचाउन सकिन ।अरुले पनि तिन्लाइ छुने सहास गरेनन् । जंगली अरिङ्गाललाइ छोएर खिल बिजाउनु भन्दा बरु त्यो देखि भागेर आफैलाइ बचाउनु सबैभन्दा बुद्धिमानी जस्तो लाग्यो। आफुलाइ अग्लो देखाउन अरुको खुट्टा काट्ने प्रवृत्तिका मान्छ्को यो समाजमा हालिमुहालि रहेसम्म यो समाजमा सुधार ल्याउन सकिन्छ् जस्तो लागेन। हिल भएको जुत्ता लगाउनेहरुले अन्ततः एकदिन लड्नु नै छ । स्वर्गमा बसेर फेरि अर्को स्वर्ग खोज्नेहरुलाइ आफू बाचेको स्वर्गको बारेमा केही थाहा नहुने रहेछ।
एकैछिन पछि बि एन बि बाट एम्बुलेन्स आयो। तिनै पर्फ्युमवालीलाइ एम्बुलेन्समा राख्न मद्दत गरे। तिन्को टाउकोबाट रगत बगिरहेको थियो।
बल्खु चोकमा झर्दा त्यो एम्बुलेन्स पनि म देखि पर पर गैरहेको थियो।
ओर्लिनासथ आफ्नो छातीमा हात राख्दै भने ” हे ईश्वर ती केटी लाई केही नहोस् है”!